१० मंसिर २०८१ सोमबार
image/svg+xml
कला

तनाव कम गर्न दान

यस्ताे पनि!

तपाईंलाई बिनासित्ती तनाव हुन्छ, चिन्ता लागिरहन्छ भने दान दिने बानी बसाल्नुस्।  द वालस्ट्रिट जर्नलका पत्रकार डाल्भिन ब्राउनका अनुसार दान गर्ने बानी कुनै नशालु औषधीजस्तै शक्तिशाली हुन्छ। यसले तपाईंलाई आनन्द दिन्छ। बिनासित्तीको तनाव र चिन्ताबाट तपाईंलाई मुक्त बनाउँछ। अध्ययनअनुसार, दान दिएको दिन तपाईंको जिउ हलुंगो हुन्छ। मूड अच्छा हुन्छ। रक्तचाप स्वात्तै घट्छ। तपाईंलाई यो खुशीको पल त्यही दानले दिएको हो। प्राध्यापकले तपाईंलाई केही कम छुटको फाइदा पनि दिन्छ।

इन्डियाना युनिभर्सिटी लिली फेमिली स्कुल अफ फिलान्थ्रोपीकी सारा कोनराथको अध्ययनअनुसार, तपाईंले दानमा पैसा वा परिश्रम जे दिनुहुन्छ, त्यसले तपाईंको मानसिक तथा शारीरिक स्वास्थ्यमा कस्तो प्रभाव पार्छ भन्ने अध्ययनका क्रममा यी कुराको खुलासा भएको हो।

बाध्यात्मक दानभन्दा खुशीले दिएको दानमा बढी आनन्द आउँछ। त्यसैले मनखुशी दान दिने बाटाहरू तपाईंले खोज्नु होस्। सन् २००७ मा युनिभर्सिटी अफ ओरेगनले गरेको अध्ययनमा बाध्यात्मक दानभन्दा खुशी दानले तपाईंलाई १० प्रतिशत बढी खुशी र आनन्द दिन्छ।

स्वतः सक्रिय भएर दिइएको उपहार वा दानको आनन्दको अवधि बढी हुने पनि युनिभर्सिटी अफ सिकागो बथ स्कुल अफ बिजनेसको अध्ययनमा देखिएको छ। तपाईंले पाँच डलर दिँदा हुने आनन्द र तपाईंले आफैँले कुनै ठाउँमा गएर सेवा गर्दाको आनन्दमा फरक हुन्छ।

आफैँले सेवा गर्दाको आनन्दको अवधि एक दिन बढी हुने पनि अध्ययनमा देखिएको छ। मानौं तपाईंले पाँच डलर दान गर्नुभयो र त्यसले तपाईंलाई दिनभरि आनन्दित बनायो भने आफैँले सेवा गरेको दिन र अर्को दिन पनि तपाईं आनन्दित रहनु हुन्छ।

तपाईंले दान दिनुभएको पैसाको असर र प्रभाव कस्तो परिरहेको छ भन्ने थाहा पाउँदा दिनुको आनन्द झन् बढ्ने पनि अध्ययनमा देखिएको छ। आफूले गरेको सेवा वा दिएको पैसाले सिधा प्रभाव देख्दा मन झन् हलुंगो र खुशी हुन्छ।

केही मानिसले दिनुको आनन्द बुझेर हरेक महिना कमाईको निश्चित प्रतिशत स्वतः काटिने गरी कुनै संस्थालाई दिने गर्छन्। विज्ञहरू यस्तो नगर्न सुझाव दिन्छन्। मोमेन्टिभ सफ्टवेयरका प्रमुख मार्केटिङ अफिसर सुसन गिल्मार्टिन भन्छिन्, ‘स्वतः दान दिनुभन्दा बेलाबेलामा दान दिनु उचित हुन्छ।’

प्रकाशित: १० मंसिर २०८१ ०६:३४ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App