२७ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

कर्णालीमा हालसम्मकै धेरै कोरोना संक्रमित भेटिए

कोरोना संक्रमितको संख्या १२२४ पुग्यो

कर्णालीमा हालसम्मकै सबैभन्दा धेरै कोरोना संक्रमित देखिएका छन् । प्रदेश अस्पताल सुर्खेत/पशुपन्छी रोग अन्वेषण प्रयोगशालामा गरिएको पिसिआर परीक्षणबाट बिहीबार मात्रै एक सय २० जनामा कोरोना पुष्टि भएको हो ।

दैलेखका ८६ र सुर्खेतका ३४ जनामा कोरोना पुष्टि भएको सामाजिक विकास मन्त्रालयअन्तर्गतको स्वास्थ्य सेवा महाशाखाले जनाएको छ । यसभन्दा अघि जेठ २२ गते दैलेखमा एक सय १३ र सुर्खेतमा एक गरी एक सय १४ जनामा कोरोना देखिएको थियो । त्यसयताकै बिहीबार देखिएको संख्या उच्च भएको सामाजिक विकासमन्त्री दल रावलले जानकारी दिए ।  

जसमा दुई वर्षीय बालक र १३ जना महिला रहेको स्वास्थ्य महाशाखाले जनाएको छ । महाशाखाका अनुसार दैलेखस्थित महाबु गाउँपालिका–२, मा सबैभन्दा बढी कोरोना संक्रमित देखिएका छन् । उक्त वडामा मात्रै ५२ जना कोरोना संक्रमित देखिएको महाशाखा प्रमुख डा. लक्ष्मीनारायण तिवारीले जानकारी दिए । उनका अनुसार दैलेखको भैरवी गाउँपालिकामा एक, चामुण्डा विन्द्रासैनीमा दुई, दुल्लु नगरपालिकामा दुई, गुराँसे गाउँपालिकामा पाँच र महाबु गाउँपालिकामा ७६ जनामा कोरोना पुष्टि भएको छ । 

त्यस्तै सुर्खेतको बराहताल गाउँपालिकामा दुई, वीरेन्द्रनगर नगरपालिकामा ६, चौकुने गाउँपालिकामा दुईजना, चिंगाड गाउँपालिकामा आठ, गुर्भाकोट नगरपालिकामा पाँच, पञ्चपुरी नगरपालिकामा १० र सिम्ता गाउँपालिकामा एकजना कोरोना संक्रमित देखिएका छन् । योसँगै कर्णालीमा कोरोना संक्रमितको संख्या एक हजार दुई सय २४ जनामा कोरोना देखिएको छ ।

सबैभन्दा बढी दैलेखमा सात सय २२, सुर्खेतमा दुई सय ७१, सल्यानमा एक सय ३७, कालीकोटमा ४२, जुम्लामा २४, जाजरकोटमा आठ, मुगुमा दुई, हुम्ला र डोल्पामा एक÷एकजनामा कोरोना पुष्टि भएको छ । कर्णालीका १० जिल्लामध्ये नौ जिल्लामा कोरोना पुष्टि भएको छ भने रुकुम पश्चिममा पुष्टि भइसकेको छैन । 

यद्दपि रुकुम पश्चिममा स्वाब संकलन गरेर सुर्खेत फर्किएका एक स्वास्थ्यकर्मी र बाँकेको कोहलपुरस्थित मेडिकल क्लेजमा उपचारार्थ एकजना बिरामीमा कोरोनो देखिएको थियो । उक्त व्यक्तिहरूमा कोरोना कसरी र कहाँबाट संक्रमण भयो त्यो अनुसन्धान भइरहेको स्वास्थ्य सेवा निर्देशनालयले जनाएको छ ।

त्यस्तै बिहीबार कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाबाट ६, दैलेखस्थित महाबु आइसोलेसनबाट एक, सुर्खेतस्थित सालकोट आइसोलेसनबाट तीन र सिम्ता आइसोलेसन सेन्टरबाट एकजना गरी ११ जना कोरोना संक्रमित डिस्चार्ज भएका छन् । योसँगै कर्णालीमा डिस्चार्ज हुनेको संख्या पाँच सय पाँच पुगेको छ ।

प्रकाशित: ४ असार २०७७ १२:५५ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App