४ आश्विन २०८१ शुक्रबार
image/svg+xml

नौ जनाको पिसिआर रिपोर्ट नेगेटिभ

खोटाङको खोटेहाङ गाउँपालिकाका नौ जनाको पिसिआर रिपोर्ट नेगेटिभ आएको छ । असार १६ गते गरिएको आरडिटि परीक्षणमा पोजिटिभ रिपोर्ट आएका एक जना सहित नौ जनाको पिसिआर रिपोर्ट नेगिटिभ आएको हो । रोजगारीका सिलसिलामा भारतका विभिन्न स्थानमा पुगेकोबेला लकडाउन भएपछि घर फर्किएका स्थानीयको स्वाब संकलन गरेर पिसिआर परिक्षणका लागि बिराटनगर पठाइएको थियाे ।

संक्रमित प्रहरी जवानको सम्पर्कमा रहेका व्यक्तिको पिसिआर रिपोर्ट नेगेटिभ

खोटाङमा कोरोना संक्रमित प्रहरी जवानको परिवार तथा उनको सम्पर्कमा रहेका अन्य प्रहरीको पिसिआर रिपोर्ट नेगेटिभ आएको छ ।

ताप्लेजुङबाट पठाइएको थप २९ जनाको स्वाब परीक्षण रिपोर्ट नेगेटिभ

ताप्लेजुङबाट स्वाब संकलन गरी परीक्षणका लागि पठाइएको थप २९ जनाको पीसीआर रिपोर्ट नेगेटिभ आएको छ । मैवाखोला गाउँपालिकाको क्वारेन्टिनमा रहेका २६ तथा ताप्लेजुङ जिल्ला अस्पतालको फिवर कक्षमा उपचारार्थ भर्ना भएका ३ जनासहित २९ जनाको स्वाब परीक्षणका लागि पठाइएकोमा सबैको रिपोर्ट नेगेटिभ आएको जिल्ला कोरोना नियन्त्रण तथा व्यवस्थापन समितिका सचिव एवम् प्रमुख जिल्ला अधिकारी डोरेन्द्र निरौलाले बताए ।

पिसिआर रिपोर्ट नेगेटिभ आएका ३९ जना घर फर्काइए

पिसिआर रिपोर्ट नेगेटिभ आएपछि खोटाङको हलेसी तुवाचुङ नगरपालिकाको क्वारेन्टिनबाट ३९ जनालाई घर फर्काइएको छ । भारतबाट आएपछि स्वास्थ्य चौकी महादेवस्थानको क्वारेन्टिनमा राखिएका ३७ जना र जनता माबि सल्लेको क्वारेन्टिनमा राखिएका २ जनालाई शनिबार विदाई गरिएको हो ।

५६ जनाको पिसिआर रिपोर्ट नेगेटिभ

खोटाङका तीन स्थानीय तहका ५६ जनाको पिसिआर रिपोर्ट नेगेटिभ आएको छ । हलेसी तुवाचुङ नगरपालिकाकाका ४८ जना, जन्तेढुंगा गाउँपालिकाका ४ जना र रावाबेँसी गाउँपालिकाका ४ जनाको पिसिआर रिपोर्ट नेगेटिभ आएको हो ।

रिपोर्ट ढिलो आउँदा संक्रमित गाउँगाउँमा

भारतका बिभिन्न ठाउँबाट आएकाहरूलाई गाउँ गाउँमा बनाइएका क्वारेन्टिनमा राखियो । केहि दिन पछि आरडिटी जाँच गर्दा रिपोर्ट नेगेटिभ आएकालाई मात्र घर–घर पठाइएन । आरडिटीमा रिपोर्ट पोजेटिभ आएकालाई समेत संकलन गरिएको नमुनाको पिसिआर रिपोर्ट नआउँदै घर पठाइयो । अहिले संकलन भएको नमुनाको रिपोर्ट जाँच गर्दा संक्रमणको पुष्टि भएपछि गाउँ गाउँमा पुगेर समुदायमा घुलमिल भएका संक्रमितहरूलाई खोज्न भ्याई नभ्याई भएको छ ।

४८ जनाको पिसिआर रिपोर्ट नेगेटिभ

भारतबाट आएका खोटाङको हलेसी तुवाचुङ नगरपालिकाका ३९ जना सहित ४८ जनाको पिसिआर रिपोर्ट नेगेटिभ आएको छ । रोजगारीका सिलसिलामा भारतका विभिन्न ठाउँमा पुगेको अवस्थामा लकडाउनकाबेला घर फर्किएका स्थानीय, कोरोना संक्रमण रोकथामकाक्रममा खटिएका स्वास्थ्यकर्मी र सुरक्षाकर्मीको पिसिआर रिपोर्ट नेगेटिभ आएको हो ।

२८ दिनमा पनि आएन स्वाब परीक्षणको रिपोर्ट

रौतहटको दुई नगरपालिकाको केही क्वारेन्टिनमा बसेकाहरुको रिपोर्ट हप्तौँसम्म नआएको देखिएको छ । रौतहटको राजपुर र गढीमाई नगरपालिकाको पाँच क्वारेन्टिनमा रहेकाहरुको स्वाब परीक्षण गरिएको हप्तौँसम्म नआएको दुवै नगरपालिकाका मेयरहरुले बताएका छन् ।

१० दिनपछि रिपोर्ट, संक्रमित समुदायमा घुलमिल

बैतडीको शिवनाथ गाउँपालिकाका २१ जना कोरोना संक्रमण भेटिए । जेठ २३ स्वाब संकलन गरी पिसिआर परीक्षण गर्न धनगढी पठाइयो । सेती प्रादेशिक अस्पतालले १० पछि कोरोना पोजिटिभ भएको पुष्टि गर्यो । स्वाब संकलन गरी एक हप्ताको लागि होम क्वारेन्टिनमा बस्न भनियो । रिपोर्ट आउँदासम्म होम क्वारेन्टिन अवधि पार गरी संक्रमित समुदायमा घुलमिल भइसकेका थिए ।

रिपोर्ट नआउँदै घर पठाइएका १७ जना संक्रमित

बैतडीको शिवनाथका सोमबार कोरोना संक्रमण पुष्टि भएका २१ जनामध्ये १७ जना यसअघि नै घर गएको पाइएको छ । एक हप्ता अघि स्वाब संकलन गरी रिपोर्ट नआउँदै उनीहरुलाई घर पठाइएको हो । व

आरडिटी पोजेटिभ देखिएकी महिलाको पीसीआर रिपोर्ट नेगेटिभ

ताप्लेजुङमा देखिएको दोस्रो आरडिटी पोजेटिभ व्यक्तिको पीसीआर रिपोर्ट पनि नेगेटिभ आएको छ । पहिलो आरडिटी पोजेटिभ व्यक्तिको पीसीआर रिपोर्ट पनि नेगेटिभ नै आएको थियो । यो रिपोर्टसंगै ताप्लेजुङबाट ९० जनाको पीसीआर परीक्षण गरिएकोमा सबैको रिपोर्ट नेगेटिभ आएको छ ।

क्वारेन्टिनबाट घर फर्कदा बाटैमा कोरोना पुष्टि भएपछि...

जिल्लाको मेलम्चीस्थित क्षेत्रीय क्वारेन्टिनमा बसेका पाँचपोखरी–६ का दुई पुरुषको बुधबार कोरोना परीक्षण रिपोर्ट नेगेटिभ आयो । राजधानीको टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले कोरोना नभएको रिपोर्ट पठाएसँगै उनीहरु त्यसै दिन डिस्चार्ज भए । तर अबेला भएकाले घर जान पाएनन्, क्वारेन्टिनमै रात बिताए ।

खोटाङमा १२ जनाको पिसिआर रिपोर्ट नेगेटिभ

खोटाङको जन्तेढुंगा गाउँपालिकाका १२ जनाको पिसिआर रिपोर्ट नेगेटिभ आएको छ । भारतका विभिन्न स्थानबाट आएका जन्तेढुंगा गाउँपालिका–४ डम्बर्खुशिवालयका नौसहित १२ जनाको पिसिआर रिपोर्ट नेगेटिभ आएको हो ।

आरडिटी पोजिटिभको पीडा : ‘महिना बित्यो पिसिआर रिपोर्ट आएन’

र्‍यापिड डाइग्नोस्टिक टेस्ट (आरडिटी ) पोजेटिभ आएका बैतडीका स्थानीय लामो समयदेखि क्वारेन्टिनमा बस्दै आएका छन् । नेगेटिभ आएकाहरुलाई घर पठाइ पनि आरडिटी पोजिटिभ देखिएकाहरुको भने एक महिना पुग्न लाग्दा पिसिआर रिपोर्ट आएको छैन ।

पिसिआर रिपोर्ट आउनै ढिलाइ, क्वारेन्टिन ब्यवस्थापनमा खर्च बढ्दो

गोरखामा कोरोना परीक्षणको रिपोर्ट आउन ढिलाई भएको छ । गोरखामा चार सय २२ जनाको स्वाब संकलन गरिएको मध्ये दुई सय २२ जनाको नेगेटिभ, १० जनामा कोरोना पोजेटिभ देखिएको छ । दुई सय १० जनाको स्वाब जाँच हुन सकेको छैन । क्वारेन्टिनमा बसेकाहरुको स्वाब संकलन गरेको गण्डकी प्रदेशको प्रयोगशाला पठाइन्छ ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्