१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

खोटाङमा १२ जनाको पिसिआर रिपोर्ट नेगेटिभ

खोटाङको जन्तेढुंगा गाउँपालिकाका १२ जनाको पिसिआर रिपोर्ट नेगेटिभ आएको छ । भारतका विभिन्न स्थानबाट आएका जन्तेढुंगा गाउँपालिका–४ डम्बर्खुशिवालयका नौसहित १२ जनाको पिसिआर रिपोर्ट नेगेटिभ आएको हो । स्वाब संकलन गरेर पिसिआर परीक्षणका लागि बुधबार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला प्रदेश नम्बर १ बिराटनगर पठाइएकामा बिहिबार सबैको रिपोर्ट नेगेटिभ आएको गाउँपालिकाका स्वास्थ्य शाखा संयोजक पवन पोखरेलले बताए ।  

जन्तेढुंगा गाउँपालिका–५ चिसापानीका आरडिटी रिपोर्ट पोजिटिभ देखिएका एक जना र दाङबाट आएका दुई कर्मचारीको पिसिआर रिपोर्ट पनि नेगेटिभ देखिएको गाउँपालिकाले जनाएको छ । कोरोना भाइरसको संक्रमण भए/नभएको पत्ता लगाउनका लागि ९१ जनाको आरडिटी परीक्षणकाक्रममा चिसापानीका एक जनाको रिपोर्ट पोजिटिभ देखिएको थियो । नियमित गाउँमै बसिरहेका भए पनि उनको आरडिटी रिपोर्ट पोजिटिभ देखिएको स्वास्थ्य शाखा संयोजक पोखरेलले बताए ।  

यसअघि जन्तेढुंगा गाउँपालिकाका संक्रमणको आशंका गरिएको पाँच जनाको पिसिआर परीक्षण रिपोर्ट नेगेटिभ आएको थियो । 

प्रकाशित: २९ जेष्ठ २०७७ १२:१४ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App