coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml

खोटाङमा १२ जनाको पिसिआर रिपोर्ट नेगेटिभ

खोटाङको जन्तेढुंगा गाउँपालिकाका १२ जनाको पिसिआर रिपोर्ट नेगेटिभ आएको छ । भारतका विभिन्न स्थानबाट आएका जन्तेढुंगा गाउँपालिका–४ डम्बर्खुशिवालयका नौसहित १२ जनाको पिसिआर रिपोर्ट नेगेटिभ आएको हो ।

८५ जनाको आरडिटी रिपोर्ट नेगेटिभ

खोटाङको केपीलासगढी गाउँपालिकामा ८५ जनाको आरडिटी रिपोर्ट नेगेटिभ देखिएको छ । मंगलबार गाउँपालिकामा कार्यरत स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, कर्मचारी, जनप्रतिनिधि लगायतको आरडिटी परीक्षण गर्दा सबैको रिपोर्ट नेगेटिभ देखिएको हो ।

ऐसेलुखर्कमा थप पाँच जनाको आरडिटी रिपोर्ट पोजेटिभ

खोटाङको ऐसेलुखर्क गाउँपालिकामा थप पाँच जनाको आरडिटी रिपोर्ट पोजेटिभ देखिएको छ । शनिबार ५३ जनाको आरडिटी परीक्षण गर्दा पाँच जनाको रिपोर्ट पोजेटिभ देखिएको गाउँपालिकाका स्वास्थ्य शाखा संयोजक एबं कोभिड–१९ सूचना अधिकारी रामकाजी नेपालले बताए ।

सात जनाको आरडिटी रिपोर्ट पोजेटिभ

खोटाङमा सात जनाको आरडिटी रिपोर्ट पोजेटिभ आएको छ । जन्तेढुंगा गाउँपालिकामा ३ जना, ऐसेलुखर्क गाउँपालिकामा २ जना र हलेसी तुवाचुङ नगरपालिकामा २ जनाको आरडिटी रिपोर्ट पोजेटिभ देखिएको हो ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्