प्रहरीले रोजगारीका लागि बेलायत पठाउने भन्दै २८ लाख ठगी गरेको अभियोगमा एक जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ।
पक्राउ पर्नेमा ललितपुर महानगरपालिका-१६ घर भई हाल मध्यपुर थिमि नगरपालिका-२ बस्ने ३४ वर्षीय अमन महर्जन रहेको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रहरी उपरीक्षक मनोहरप्रसाद भट्टले जानकारी दिए।
पीडितहरुको उजुरीका आधारमा उनलाई पक्राउ गरी आज सार्वजनिक गरिएको हो।
मध्यपुर थिमि-२ बाट पक्राउ परेका महर्जनलाई थप अनुसन्धान तथा आवश्यक कारबाहीका लागि वैदेशिक रोजगार विभाग ताहाचल पठाइएको प्रहरी उपरीक्षक भट्टले बताए।
प्रकाशित: २४ पुस २०८२ २२:०३ बिहीबार





