१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml

स्वाब संकलन गर्न विरामीको घरमै पुगिन् गाउँपालिका अध्यक्ष

सुनकोसी(सिन्धुली) यहाँको सुनकोसी गाउँपालिकाकी अध्यक्ष दिपा बोहोरा विरामीको स्वाब संकलन गर्न घरघरमै पुग्न थालेकी छन् ।

संक्रमितको कन्ट्याक्ट ट्रेसिङमा परेका ५५ जनाको स्वाब संकलन

खोटाङको साकेला गाउँपालिकाले दुई संक्रमितको कन्ट्याक्ट ट्रेसिङमा परेका ५५ जनाको पिसिआर परीक्षणका लागि स्वाब संकलन गरेको छ।

विराटनगरका तीन स्थानबाट स्वाब संकलन

नगर क्षेत्रभित्र कोरोना संक्रमण तीब्र रुपमा फैलिएपछि महानगरपालिकाले लक्षण देखिएकाहरूको सहज रुपमा परीक्षण गर्ने उद्देश्यले विभिन्न तीन स्थानबाट स्वाब संकलन थालेको हो।

सिंहदरबारभित्रका कर्मचारीको पीसीआर परीक्षणका लागि स्वाब संकलन

काठमाडौं उपत्यकामा संक्रमितको संख्या बढ्न थालेपछि सरकारले सिंहदरबारभित्रका कर्मचारीको पीसीआर परीक्षण थालेको छ । कार्यालय सहयोगी, सवारी चालक र प्रत्यक्ष बाहिरी मान्छेको सम्पर्कमा रहने ५ सय देखि ७ सय कर्मचारीहरुको पीसीआर परीक्षणका लागि बुधबार नमुना संकलन गरीएको छ ।

उपत्यका प्रवेश गर्नेको नाकामै स्वाब संकलन

पूर्वी नाका साँगा हुदै उपत्यका छिर्ने मानिसहरूको पीसीआर परीक्षणको लागि नाकमा स्वाब संकलन गर्दै स्वास्थ बिभागबाट खटिएका स्वस्थाकर्मी । आइतबार बाट उपत्यका छिर्ने तिन नाका साँगा, नागढुंगा र फार्पिङमा भित्रिनेहरुको स्वाब संकलन गर्ने काम सुरु गरिएको हो।

स्वाब संकलनमा खटिने जनशक्तिले थप प्रोत्साहन रकम पाउने

कोरोना नियन्त्रण तथा व्यवस्थापन समिति ताप्लेजुङले स्वाब संकलनका क्रममा खटिने स्वास्थ्यकर्मीका लागि थप प्रोत्साहन रकम दिने निर्णय गरेको छ ।

प्रदेश २ : दिनको पाँच सय स्वाब संकलन, डेढ सय परीक्षण

प्रदेश २ मा स्वाब संकलनभन्दा परीक्षण निकै कम भइरहेको पाइएको छ । कोरोना संक्रमणको आशंकामा औसतमा दैनिक ५ सय जनाको स्वाब संकलन हुने यो प्रदेशमा डेढ सय नमुना मात्र परीक्षण भइरहेको स्वास्थ्य निर्देशनालयले जनाएको छ ।

आरडिटी परीक्षण बन्द गरी पिसिआर परीक्षणको गति बढाउन सरकारलाई दवाव

भारतबाट फर्केर आएका राप्तीसोनारी गाउँपालिका वडा नम्बर १ कुसुमका विवेक बस्नेतको आरडिटी जाँच गर्दा केहीदिन अघि पोजेटिभ देखियो । विश्व स्वास्थ्य संगठनको नियम अनुसार २४ घण्टा भित्रमा उनको स्वाब संकलन गरी पिसिआर परीक्षण गर्नुपथ्र्यो, तर दश दिनपछि मात्र उनको पिसिआर परीक्षण गरियो ।

५६ जनाको पिसिआर रिपोर्ट नेगेटिभ

खोटाङका तीन स्थानीय तहका ५६ जनाको पिसिआर रिपोर्ट नेगेटिभ आएको छ । हलेसी तुवाचुङ नगरपालिकाकाका ४८ जना, जन्तेढुंगा गाउँपालिकाका ४ जना र रावाबेँसी गाउँपालिकाका ४ जनाको पिसिआर रिपोर्ट नेगेटिभ आएको हो ।

बागमती प्रदेश : थुप्रिदै स्वाब, सुस्त पीसिआर परीक्षण

बागमती प्रदेश अन्र्तगत कोरोना संक्रमित सबैभन्दा बढी देखिएको धादिङ जिल्लामा अहिले थ्रोट स्वाब संकलन कार्य धमाधम भइरहेको छ । यसरी भारतबाट आई क्वारेन्टिनमा बसेकाहरुको स्वाब संकलन गरि पठाएको लामो समय भइसक्दा पनि पीसिआर परीक्षणको रिपोर्ट आउन सकेको छैन ।

२८ दिनमा पनि आएन स्वाब परीक्षणको रिपोर्ट

रौतहटको दुई नगरपालिकाको केही क्वारेन्टिनमा बसेकाहरुको रिपोर्ट हप्तौँसम्म नआएको देखिएको छ । रौतहटको राजपुर र गढीमाई नगरपालिकाको पाँच क्वारेन्टिनमा रहेकाहरुको स्वाब परीक्षण गरिएको हप्तौँसम्म नआएको दुवै नगरपालिकाका मेयरहरुले बताएका छन् ।

खोटाङमा १२ जनाको पिसिआर रिपोर्ट नेगेटिभ

खोटाङको जन्तेढुंगा गाउँपालिकाका १२ जनाको पिसिआर रिपोर्ट नेगेटिभ आएको छ । भारतका विभिन्न स्थानबाट आएका जन्तेढुंगा गाउँपालिका–४ डम्बर्खुशिवालयका नौसहित १२ जनाको पिसिआर रिपोर्ट नेगेटिभ आएको हो ।

ल्याव नहुँदा परीक्षण गर्न सकस

सुदूरपश्चिम प्रदेशका पहाडी जिल्लामा प्रयोगशाला नहुँदा कोरोना परीक्षण गर्न समस्या हुने गरेको छ । स्वाब संकलन गरी प्रदेशकै एक मात्र प्रयोगशाला धनगढी लैजान समस्या हुने गरेको छ ।

संक्रमितको सम्पर्कमा रहेका ३१ जनाको स्वाब संकलन

बैतडीको पाटनमा कोरोना संक्रमण पुष्टि भएका पुरुषको प्रत्यक्ष सम्पर्कमा रहेका ३१ जनाको थ्रोट स्वाब संकलन गरिएको छ । सोमबार पाटन नगरपालिका ६ स्थित भीमदत्त प्राविधिक शिक्षालय क्वारेन्टिनमा रहेका पाटन नगरपालिका ८ का ३१ वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको थियो ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्