राष्ट्रिय प्रजातान्त्र पार्टी (राप्रपा) ले रुपन्देही क्षेत्र नं.२ मा नेपाली कांग्रेसलाई समर्थन गरेको छ।
राप्रपा रुपन्देही २ का क्षेत्रीय अध्यक्ष रामबहादुर थापाले विज्ञप्ति जारी गर्दै राप्रपाकोे सिद्धान्त र वैचारिक भिन्नता भएपनि वर्तमान राजनीतिक परिस्थितिमा आर्थिक, सामाजिक तथा समृद्धिको एजेन्डामा नेपाली कांग्रेससँग नजिक रहेकाले रुपन्देहीको क्षेत्र नं. २ मा कांग्रेस उम्मेदवारलाई चुन्नप्रसाद शर्मा पौडेललाई समर्थन गर्ने निर्णय गरेका हुन्।
साथै, राप्रपाले आफ्ना पार्टी पंक्ति र समर्थक मतदातालाई प्रत्यक्षतर्फ नेपाली कांग्रेसका उम्मेदवार पौडेललाई रुख चिन्हमा मतदान गर्न तथा समानुपातिकतर्फ राप्रपाको हलो चुनाव चिन्हमा मतदान गर्न आग्रह गरेको छ।
२०७९ सालमा भएको निर्वाचनमा राप्रपाले उक्त स्थानबाट समानुपातिक तर्फ ५ हजार ६ सय मत प्राप्त गरेको थियो।
प्रकाशित: १७ फाल्गुन २०८२ १६:२७ आइतबार





