४ चैत्र २०८२ बुधबार
image/svg+xml
राजनीति

गृहमन्त्रीले भने: यो निर्वाचनमा धाँधली दोहोरिन दिँदैनौँ, पितृका नाममा कसैले भोट हाल्न पाउँदैन

आगामी निर्वाचनको सुरक्षा तयारी र व्यवस्थापन अवस्थाबारे जानकारी लिन गृहमन्त्री ओमप्रकाश अर्याल सुदूरपश्चिम पुगेका छन्।

आइतबार हेलिकोप्टरमार्फत बझाङ पुगेका मन्त्री अर्यालले जिल्ला प्रशासन कार्यालयमा जिल्ला सुरक्षा समितिसँग छलफल गर्दै निर्वाचनको समग्र तयारी, सुरक्षा व्यवस्थापन र चुनौतीबारे विस्तृत जानकारी लिएका थिए।

छलफलपछि सञ्चारकर्मीसँग कुरा गर्दै उनले उपलब्ध स्रोत–साधनको अधिकतम परिचालन गरी निष्पक्ष, स्वतन्त्र र शान्तिपूर्ण वातावरणमा निर्वाचन सम्पन्न गरिने प्रतिबद्धता व्यक्त गरे। विगतका निर्वाचनमा देखिएका धाँधली, अरूको नाममा मतदान, मृतकका नाममा मत हाल्ने तथा बुथ क्याप्चरजस्ता गतिविधि यसपटक दोहोरिन नदिइने उनको भनाइ थियो।

बझाङको भौगोलिक विकटता र अघिल्ला निर्वाचनमा देखिएका राजनीतिक जटिलतालाई ध्यानमा राख्दै सुरक्षा रणनीति थप सुदृढ बनाइने उनले स्पष्ट पारे। निर्वाचन प्रक्रियाविरुद्ध कुनै गतिविधि भए कानुनअनुसार कडाइका साथ कारबाही गरिने चेतावनी पनि उनले दिए।

राष्ट्रसेवक कर्मचारी, मतदाता, उम्मेदवार वा कार्यकर्ता—जो–कोहीले कानुन उल्लङ्घन गरे कानुनी दायरामा ल्याइने बताउँदै मन्त्री अर्यालले संवाद र समन्वयमार्फत सम्भावित समस्या समाधान गर्न प्रयास गरिने उल्लेख गरे। आवश्यक परे नियन्त्रणमा लिनसमेत पछि नहट्ने उनको भनाइ थियो।

उनले सबै सरोकारवाला पक्षलाई मर्यादित र शान्तिपूर्ण वातावरण निर्माणमा सहयोग गर्न आग्रह गरेका छन्।

प्रकाशित: १७ फाल्गुन २०८२ १६:३४ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App