८ वैशाख २०८१ शनिबार
समाज

पिसिआर रिपोर्ट आउनै ढिलाइ, क्वारेन्टिन ब्यवस्थापनमा खर्च बढ्दो

गोरखामा कोरोना परीक्षणको रिपोर्ट आउन ढिलाई भएको छ । गोरखामा चार सय २२ जनाको स्वाब संकलन गरिएको मध्ये दुई सय २२ जनाको नेगेटिभ, १० जनामा कोरोना पोजेटिभ देखिएको छ । दुई सय १० जनाको स्वाब जाँच हुन सकेको छैन । क्वारेन्टिनमा बसेकाहरुको स्वाब संकलन गरेको गण्डकी प्रदेशको प्रयोगशाला पठाइन्छ ।  

भारतबाट गोरखा भित्रिएका नागरिकलाई स्थानीय तहहरुले क्वारेन्टिनमा राखेका छन् । पिसिआर जाँच पछि मात्रै नेगेटिभ रिपोर्ट आएकालाई घर पठाउने र पोजेटिभ देखिएकालाई आईसोलेसनमा राखेर उपचार गरिन्छ । गोरखा नगरपालिका भित्र १५ जनाको पिसिआर गरेको रिपोर्ट आउँदा बाँकी छ । रिपोर्ट आएको भए उनीहरु जेठ २४ गते घर जान पाउँथे तर अहिले पनि क्वारेन्टिनमा रहेको नगरपालिका स्वास्थ्य शाखाका निश्चल अर्यालले बताए । 

शहिदलखन गाउँपालिका ७ बुङकोटमा १७ दिनदेखि १० जना र २० दिनदेखि थप १० गरी २० जना क्वारेन्टिनमा छन् । पिसिआर रिपोर्ट नआउँदा उनीहरु अन्यौलमा रहेको र बारम्बार रिपोर्ट कहिले आउँछ भनेर सोध्ने गरेको वडा अध्यक्ष शरण श्रेष्ठले बताए । पालुङटार नगरपालिका भित्रका ७७ जनाको रिपोर्ट आउन बाँकी छ । बिभिन्न समयमा स्वाब संकलन गरिएकाहरु रिपोर्ट नआउँदा क्वारेन्टिनमै छन् । यो समस्या जिल्लाका अधिकासं स्थानीय तहमा छ ।  

१४ दिन क्वारेन्टिमा राख्ने र  उक्त समयमा पिसिआर चेकजाँच गरेर नेगेटिभ रिर्पोट आएमा घर पठाउने गरिन्छ ।  तीन साता सम्म रिपोर्ट नआउँदा भारतबाट आएकाहरु पालिकाको क्वारेन्टिनमा बसिरहेका छन् । केही दिन स्वाब नपठाउनु भन्ने जानकारी आएको छ’ गोरखा नगरपालिकाका प्रमुख राजनराज पन्तले भने ‘रिपोर्ट ढिलो आउँदा क्वारेन्टिनमा संख्या बढेको, खर्च धेरै भएको छ ।’ पोजेटिभ देखिएकालाई राम्रो सँग उपचार गर्न र नेगेटिभ देखिएकालाई घर पठाउन सहज हुने भन्दै छिट्टै रिपोर्ट आउने ब्यवस्था मिलाउँदा खर्च घट्ने उनले बताए ।  क्वारेन्टिनमा बस्नेहरु थपिँदै गएको स्वाब संकलन भने रोकिँदा क्वारेन्टिन ब्यवस्थानमा पालिकाको खर्च ह्वातै बढेको छ ।  

स्वास्थ्य कार्यालय गोरखाकी प्रमुख विद्या तामाङले मेसिनको क्षमता भन्दा धेरै स्वाब जम्मा भएकाले केही दिन ‘होल्ड’ गर्न भनेको बताईन । ‘सबैतिरबाट स्वाब गएको छ, धेरै हुँदा रिपोर्ट आउन ढिलो भएको हो’ उनले भनिन् । बुधवार पनि भिमसेन थापा, गण्डकी गाउँपालिका, शहिदलखन गाउँपालिकामा स्वाब संकलन भईरहेको  कार्यालयले जनाएको छ । 

प्रकाशित: २८ जेष्ठ २०७७ १०:१५ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App