४ आश्विन २०८१ शुक्रबार
image/svg+xml

रिपोर्ट ढिलाइले क्वारेन्टिनमा तनाव

सर्लाही स्वाब परीक्षणको रिपोर्ट आउन ढिलाइ हुँदा सर्लाहीका विभिन्न पालिकाले स्थापना गरेको क्वारेन्टिनमा तनाव बढ्न थालेको छ । लामो समयसम्म बस्नुपरेको भन्दै क्वारेन्टिनमा रहेका सर्वसाधारणले स्वास्थ्यकर्मी, भान्सेलगायतलाई दुर्व्यहार गर्नेजस्ता घटना हुन थालेका छन् । पालिकाका प्रमुख/अध्यक्ष एवं कर्मचारी क्वारेन्टिन स्थलमा आए ढुंगामुढासहित आक्रमणसमेत हुन थालेको छ ।

आरडिटी पोजिटिभ देखिएका आठसहित १९ जनाको पिसिआर रिपोर्ट नेगेटिभ

खोटाङको ऐसेलुखर्कका आरडिटी पोजिटिभ देखिएका आठसहित १९ जनाको पिसिआर रिपोर्ट नेगेटिभ आएको छ । आरडिटी परीक्षणका क्रममा पोजिटिभ रिपोर्ट देखिएका आठ जना र शंकास्पद व्यक्तिसहित १९ जनाको स्वाब संकलन गरेर पिसिआर टेष्टमा पठाइएकामा सबैको पिसिआर रिपोर्ट नेगेटिभ आएको गाउँपालिकाका अध्यक्ष बिश्वनाथ निरौलाले बताए ।

८५ जनाको आरडिटी रिपोर्ट नेगेटिभ

खोटाङको केपीलासगढी गाउँपालिकामा ८५ जनाको आरडिटी रिपोर्ट नेगेटिभ देखिएको छ । मंगलबार गाउँपालिकामा कार्यरत स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, कर्मचारी, जनप्रतिनिधि लगायतको आरडिटी परीक्षण गर्दा सबैको रिपोर्ट नेगेटिभ देखिएको हो ।

८४ जनाको पिसिआर रिपोर्ट नेगेटिभ

खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाबाट पिसिआर परीक्षणमा पठाइएका ८५ जनामध्ये ८४ जनाको रिपोर्ट नेगेटिभ देखिएको छ । कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका क्रममा विभिन्न क्षेत्रमा खटिएका स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, क्वारेन्टिनमा राखिएका व्यक्ती, सम्भावित संक्रमित तथा पत्रकारको स्वाब संकलन गरेर पिसिआर परीक्षणमा पठाइएकामा ८४ जनाको रिपोर्ट नेगेटिभ आएको जिल्ला अस्पतालका डा. मेडिकल अधिकृत शैलेस श्रेष्ठले बताए ।

आरडिटी पोजेटिभ आएका ताप्लेजुङका एक व्यक्तिको पीसीआर रिपोर्ट नेगेटिभ

आरडिटी परीक्षण रिपोर्ट पोजेटिभ आएका ताप्लेजुङको मैवाखोला गाउँपालिकाका एक व्यक्तिको पीसीआर परीक्षण रिर्पोट भने नेगेटिभ आएको छ ।

ऐसेलुखर्कमा थप पाँच जनाको आरडिटी रिपोर्ट पोजेटिभ

खोटाङको ऐसेलुखर्क गाउँपालिकामा थप पाँच जनाको आरडिटी रिपोर्ट पोजेटिभ देखिएको छ । शनिबार ५३ जनाको आरडिटी परीक्षण गर्दा पाँच जनाको रिपोर्ट पोजेटिभ देखिएको गाउँपालिकाका स्वास्थ्य शाखा संयोजक एबं कोभिड–१९ सूचना अधिकारी रामकाजी नेपालले बताए ।

संक्रमितको सम्पर्कमा आएका सबैको रिपोर्ट नेगेटिभ

प्रहरी हिरासतमा रहेका कोरोना संक्रमितको सम्पर्कमा आएका सबैको पिसिआर रिपोर्ट नेगेटिभ आएको छ । संक्रमितका आफन्त, प्रहरी जिल्ला अदालतका कर्मचारी थुनुवा कक्षमा रहेका लगायत संक्रमितको सम्पर्कमा आएका सबै जनाको पिसिआर रिपोर्ट नेगेटिभ आएको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ ।

सात जनाको आरडिटी रिपोर्ट पोजेटिभ

खोटाङमा सात जनाको आरडिटी रिपोर्ट पोजेटिभ आएको छ । जन्तेढुंगा गाउँपालिकामा ३ जना, ऐसेलुखर्क गाउँपालिकामा २ जना र हलेसी तुवाचुङ नगरपालिकामा २ जनाको आरडिटी रिपोर्ट पोजेटिभ देखिएको हो ।

संक्रमितको सम्पर्कमा आएका ४६ जनाको रिपोर्ट नेगेटिभ

कोरोना संक्रमित युवकको प्रत्यक्ष सम्पर्कमा आएका ४६ जनाको पीसीआर रिपोर्ट नेगेटिभ आएको छ । शनिबार पठाइएको ४६ जनाको थ्रोट स्वाबको नमूना सेती प्रादेशिक अस्पताल धनगढीमा परीक्षण गर्दा नेगेटिभ आएको स्वास्थ्य कार्यालय बैतडीका प्रमुख योगेशप्रसाद भट्टले बताए ।

पीसीआर रिपोर्ट नआउँदै घर पठाइए संक्रमित

न्यूनतम मापदण्ड समेत पुरा नगरेका क्वारेन्टिनबाटै कोरोना संक्रमण फैलन सक्ने चेतावनी जनस्वास्थ्य विज्ञहरुले दिइरहेका छन् । रुपन्देहीमा पनि क्वारेन्टिन सुधारमा बेलैमा ध्यान नदिए मर्चवार क्षेत्रले नरैनापुरकै नियती भोग्नु पर्ने चेतावनी जनस्वास्थ्य विज्ञहरुले दिइरहेकै बेला यहाँको एउटा गाउँपालिकाले पिसीआर रिपोर्ट नआउदै संक्रमितलाई घर पठाइ दिएको घटना बाहिरीएको छ ।

खोटाङमा संक्रमित क्षेत्रका ४३ जनाको पिसिआर रिपोर्ट नेगेटिभ

कोरोना भाइरसको संक्रमित फेला परेको खोटाङको हलेसी तुवाचुङ नगरपालिकाका ४३ जनाको पिसिआर रिपोर्ट नेटेटिभ आएको छ ।काठमाडौंबाट गत वैशाख १२ गते आएका हलेसी तुवाचुङ नगरपालिका–७ महादेवस्थानका २० वर्षीय युवालाई कोरोना संक्रमण भएको पूष्टी भएपछि उनका परिवारका आठ जना, उनी सँगै बसमा यात्रा गरेका व्यक्ती, उनको प्रत्यक्ष सम्पर्क र भेटघाटमा पुगिसकेका छिमेकी, स्वास्थ्यकर्मी, सुरक्षाकर्मी लगायतको स्वाव संकलन गरेर परिक्षणका लागि पठाइएकामा सबैको पिसिआर रिपोर्ट नेगेटिभ आएको हो । गत मंगलबार कोशी अस्पताल कोभिड–१९ उपचार केन्द्र बिराटनगरमा पठाइएको स्वावको पिसिआर रिपोर्ट शुक्रबार राती आएको जिल्ला अस्पताल खोटाङका मेडिकल अधिकृत डा. शैलेस श्रेष्ठले बताए ।

मोरङमा एक सय २० को पिसिआर नेगेटिभ

विराटनगर महानगरपालिकाका २ वटा वडाका दुई जनामा कोरोना भाइरस (कोभिड –१९) केही दिनअघि पोजेटिभ देखिएको थियो । महानगरपालिकाका सफाइ कर्मचारी र अर्को वडाकी एक महिलामा भाइरस पोजेटिभ देखिएसँगै दुवै बस्ने वडालाई सिल गरिएको थियो । महानगरपालिकामा कार्यरत सरसफाइ कर्मचारी तथा महानगरका दुई वटामा गरिएको १ सय २० जनाको स्वाब नमुना परीक्षण रिपोर्ट नेगेटिभ आएको महानगरपालिकाले जनाएको छ ।

पिसिआर रिपोर्ट पर्खँदै मृतकका गाउँले

गुल्मीका मदाने गाउँपालिकाका कोरोना संक्रमितको मृत्यु भएसँगै त्यस क्षेत्रका नागरिकले पिसिआर रिपोर्ट पर्खेर बसेका छन्।

पहिलो संक्रमितका परिवार सदस्यको रिपोर्ट नेगेटिभ

नेपालगन्जका पहिलो कोरोना संक्रमित ब्यक्तिको परिवारका सबै सदस्यको कोरोना रिपोर्ट नेगेटिभ आएको छ । नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर ७ बेहना टोल निवासी ६० वर्षिय पुरुषलाई गत शुक्रबार कोरोना संक्रमण पुष्टी भएको थियो । उनलाई कोरोना पुष्टी भएपछि स्थानीय प्रशासनले उनका परिवारका सदस्यलाई स्थानीय महेन्द्र बहुमुखी क्याम्पसको क्वारेन्टाइनमा लगेर राखेको थियो ।

पहिलो ८ जनाको रिपोर्ट नेगेटिभ

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लामा पिसिआर मेसिनबाट पहिलो पटक परीक्षण भएका ८ जनाको कोरोना रिपोर्ट नेगेटिभ आएको छ । जुम्लामा पिसिआर मेसिन पुगेको एक सातापछि स्वाब परीक्षणको काम सुरु भएको थियोे ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्