२६ वैशाख २०८१ बुधबार
image/svg+xml
समाज

ऐसेलुखर्कमा थप पाँच जनाको आरडिटी रिपोर्ट पोजेटिभ

खोटाङको ऐसेलुखर्क गाउँपालिकामा थप पाँच जनाको आरडिटी रिपोर्ट पोजेटिभ देखिएको छ । शनिबार ५३ जनाको आरडिटी परीक्षण गर्दा पाँच जनाको रिपोर्ट पोजेटिभ देखिएको गाउँपालिकाका स्वास्थ्य शाखा संयोजक एबं कोभिड–१९ सूचना अधिकारी रामकाजी नेपालले बताए ।  

शुक्रबार ४९ जनाको आरडिटी परीक्षण गर्दा दुई जनाको रिपोर्ट पोजेटिभ देखिएकामा पुनः पाँच जनाको रिपोर्ट पोजेटिभ आएको हो । आरडिटी रिपोर्ट पोजेटिभ देखिएका सात जनालाई आइसोलेसनमा राखिएको छ । उनीहरुमध्ये एक जना महिला छन् । उनीहरुको पिसिआर परीक्षणका लागि स्वाब संकलन गरेर पठाउने तयारी गरिएको गाउँपालिकाले जनाएको छ । पिसिआरका लागि स्वाब संकलन गर्ने भिटिएम दिक्तेलबाट मगाइएको गाउँपालिकाका अध्यक्ष बिश्वनाथ निरौलाले बताए । 

प्रकाशित: १७ जेष्ठ २०७७ १५:५६ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App