चलचित्र ‘रमिताको पिरती’ को ट्रेलर आज सार्वजनिक भएको छ। आना शर्माको शिर्ष भूमिका रहेको चलचित्रमा विशेष युवा वर्गलाई केन्द्रमा राखेर चलचित्र निर्माण भएको छ।
ट्रेलरमा समीर श्रेष्ठ, धिरज मगर र आना शर्माको अभिनय देख्न सकिन्छ। यो चलचित्र मार्फत लोकगायक समीर श्रेष्ठले अभिनयमा डेब्यु गरेका छन्।
जेनजी पुस्ताले महसुस गर्न सक्ने प्रेम सम्बन्धमा आधारित चलचित्रमा युवतिको ‘ब्रेकअप’ पछिको दृष्टिकोणबाट चलचित्र प्रस्तुत गर्न खोजिएको छ।
युवा पुस्तालाई लक्षित गरेको चलचित्रमा इमान्दार र प्रतिबद्धतापूर्ण प्रेममा रहन रमिता (आना) ले खेप्नुपरेको लगातारको ब्रेकअप र धोकाको कथा यसमा छ । ट्रेलरले चलचित्रको कथावस्तु प्रस्ट्याउन खोजेको छ।
सिनेमाकी निर्देशक सुदिप्ता ‘रमिताको पिरती’लाई लभस्टोरी भन्दा पनि ब्रेकअप स्टोरीको रुपमा दर्शकमाझ परिचित गराउन चाहेको बताउँछिन् । नेपाली सिनेमामा केटा अर्थात् हिरोको तर्फबाट थुप्रै लभस्टारी सिनेमा निर्माण भएपनि आफुले महिलाको प्रप्सेसनबाट कथा भनेकाले दर्शकलाई नयाँ अनुभव हुने बताइन् ।
अभिनेत्री आनाले आइतबार आयोजित पत्रकार भेटघाटमा आफू सम्बन्ध विच्छेदपछिको मस्तिष्कमा पर्ने असर र कथाको पात्रमा आफूलाई ढाल्नका लागि निर्देशक सँग ६ महिना बस्नु परेको खुल्याइन।
अभिनेता धिरजले भने आफू आनासँग चलचित्रमा काम गर्न पाउदा सुशी व्यक्त गर्दै, दर्शकले आफूलाई भिन्न अवतारमा हेर्ने चाहना यो चलचित्रले पुरा गरेको बताए।
चलचित्रमा गौमाया गुरुङ, पशुपति राई, रेणु योगी, थिन्ले ल्हामोको,विनय श्रेष्ठ पनि अभिनय छ । सन्तोष लम्साल कार्यकारी निर्माता रहेको फिल्ममा आरपी प्रोडक्सन एसोसिएट निर्माता, निर्देशक समेत रहेका सुवास कोइराला सह९निर्माता छन् भने सागर लम्साल निर्माता छन् ।
चलचित्र भने माघ २३ गतेदेखि प्रदर्शनमा आउने तयारीमा छ।
प्रकाशित: ११ माघ २०८२ १८:५६ आइतबार





