७ वैशाख २०८१ शुक्रबार
स्वास्थ्य

आरडिटी पोजिटिभ देखिएका आठसहित १९ जनाको पिसिआर रिपोर्ट नेगेटिभ

खोटाङको ऐसेलुखर्कका आरडिटी पोजिटिभ देखिएका आठसहित १९ जनाको पिसिआर रिपोर्ट नेगेटिभ आएको छ । आरडिटी परीक्षणका क्रममा पोजिटिभ रिपोर्ट देखिएका आठ जना र शंकास्पद व्यक्तिसहित १९ जनाको स्वाब संकलन गरेर पिसिआर टेष्टमा पठाइएकामा सबैको पिसिआर रिपोर्ट नेगेटिभ आएको गाउँपालिकाका अध्यक्ष बिश्वनाथ निरौलाले बताए ।

पहिलो दिन दुई जना र दोश्रो दिन पाँच जनाको आरडिटी रिपोर्ट पोजेटिभ देखिएपछि उनीहरुसहित शंकास्पद व्यक्तिको स्वाब संकलन गरेर पिसिआर परीक्षणका लागि सोमबार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकु काठमाडौं पठाइएको थियो । पहिलो दिन ४९ जनाको आरडिटी परीक्षण गर्दा दुई जना र दोश्रो दिन ५३ जनाको आरडिटी परीक्षण गर्दा पाँच जनाको रिपोर्ट पोजिटिभ देखिएको थियो ।  

पिसिआर रिपोर्ट नेगेटिभ देखिएसँगै गाउँपालिकामा फैलिएको त्रास सामान्य बन्दै गएको छ । आरडिटी पोजिटिभ देखिएसँगै सिल गरिएको गाउँपालिका पिसिआरको नेगेटिम रिपोर्ट आएसँगै खुला गरिएको गाउँपालिकाका अध्यक्ष निरौलाले बताए । गाउँपालिकाले अर्को आदेश नआएसम्मका लागि गाउँपालिकामा सवारी साधन आवत–जावत, व्यापार व्यवसाय सञ्चालन लगायतका गतिविधिमा रोक लगाएको थियो । 

आरडिटी रिपोर्ट पोजिटिभ देखिपछि बन्द गरिएको गाउँपालिकाबाट प्रवाह हुने सबै सेवालाई सुचारु गराइएको निरौलाले बताए । 

प्रकाशित: २१ जेष्ठ २०७७ ०८:४७ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App