४ आश्विन २०८१ शुक्रबार
image/svg+xml

उदयपुरका पहिला संक्रमित १३ को पिसिआर नेगेटिभ

वैशाख ५ गते पहिलो संक्रमित पुष्टि भएर कोरोना अस्पताल विराटनगरको आइसोलेसनमा उपचाररत त्रियुगा नगरपालिका–३ भुल्के नुरी मस्जिदका उनीहरूको १४ दिनपछि गरिएको पिसिआर रिपोर्ट नेगेटिभ आएको हो ।

उदयपुरका पहिलो संक्रमित १३ को पिसिआर नेगेटिभ

उदयपुरमा पहिलो पटक कोरोना भाईरस (कोभिड–१९) संक्रमित १३ जनाको दोस्रो पिसिआर रिपोर्ट नेगेटिभ आएको छ । वैशाख ५ गते पहिलो संक्रमित पुष्टि भएर कोरोना अस्पताल विराटनगरको आईसोलेसनमा उपचाररत त्रियुगा नगरपालिका ३ भुल्के नुरी मस्जिदका उनीहरुको १४ दिनपछि गरिएको पिसिआर रिपोर्ट नेगेटिभ आएको हो ।

रिपोर्ट बाझिएपछि मेसिनको गुणस्तरमा शंका

प्रादेशिक प्रयोगशालाले परीक्षणपछि नेगेटिभ भनी रिपोर्ट दिएका तीन व्यक्तिको नमुना राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा पुनः परीक्षण गराउँदा रिपोर्ट पोजेटिभ आएको छ।

उपचारमा रहेका चार जनाको लगातार दोस्रो रिपोर्ट नेगेटिभ

कोरोना भाइरस (कोभिड–१९) पोजेटिभ भई नारायाण अस्पताल विरगंजमा उपचार गराइरहेका चार जनाको परीक्षण रिपोर्ट लगातार दोस्रो पटक नेगेटिभ आएको छ । रिपोर्ट नेगेटिभ आएपछि उनीहरुलाई अस्पतालबाट डिस्चार्ज गर्ने तयारी भैरहेको छ ।

खोटाङका सबैको आरडिटि रिपोर्ट ‘नेगेटिभ’

विदेशबाट फर्किएका खोटाङका सबै व्यक्तिको नोबेल कोरोना भाइरस (कोभिड–१९)को र्‍यापिड डाइग्नोस्टिक टेष्ट (आरडिटि) रिपोर्ट ‘नेगेटिभ’ आएको छ ।

डोल्पामा ६१ जनाको आरडिटी परीक्षण गरिएकोमा सबैको रिपोर्ट नेगेटिभ

डोल्पामा हालसम्म ६१ जनाको कोरोना भाइरस (कोभिड– १९) आरडिटी परीक्षण गरिएको छ । परीक्षण गरिएका सबैको रिपोर्ट नेगेटिभ आएको छ ।

ताप्लेजुङमा १ सय १३ जनाको आरडीटी परीक्षण, सबैको रिपोर्ट नेगेटिभ

ताप्लेजुङमा अहिले सम्म गरिएको १ सय १३ जनाको आरडीटी टेष्ट परीक्षणको सबै नतिजा नेगेटिभ आएको छ । बिहीबार मिक्वाखोला गाउँपालिकाको वडा नं ५ पापुङमा गरिएको १७ जनाको परीक्षण रिपोर्ट नै नेगेटिभ आएको छ । बुधबार जिल्ला अस्पतालमा थप ४ जनाको परीक्षण गरिएकोमा यो रिपोर्ट पनि नेगेटिभ आएको छ । यो संगै अहिले सम्म गरिएका आरडीटी परीक्षणको सबै रिपोर्ट कोरोना नेगेटिभ आएको स्वास्थ्य कार्यालय ताप्लेजुङका प्रमुख राजकुमार पोखरेलले जानकारी दिए।

१५ जनाको आरडिटि रिपोर्ट ‘नेगेटिभ’

खोटाङको साकेला गाउँपालिकाका १५ जनाको नोबेल कोरोना भाइरस (कोभिड–१९)को र्‍यापिड डाइग्नोस्टिक टेष्ट (आरडिटि) रिपोर्ट ‘नेगेटिभ’ आएको छ । गत चैत यता विभिन्न देशबाट घर फर्किएपछि क्वारेन्टीन र होम क्वारेन्टीनमा राखिएका साकेला गाउँपालिकाका सबै जनाको र्‍यापिड डाइग्नोस्टिक टेष्ट रिपोर्ट ‘नेगेटिभ’ आएको प्रमुख जिल्ला अधिकारी शालिग्राम शर्मा पौडेलले बताए ।

जाजरकोटमा तीन सय १० जनाको कोरोना परीक्षण रिपोर्ट नेगेटिभ

कोरोना संक्रमण रोक्नका लागि सरकारले जारी गरेको लकडाउन अवधिमा अहिले सम्म भारत लगाएतका तेस्रो मुलुकबाट जाजरकोट भित्रिएका कोहि व्यक्तिमा पनि कोरोनाको संक्रमण नभएको पाइएको छ ।

कोरोना आशंका गरिएका ८ जनाकाे आरडिटी परीक्षण रिपोर्ट नेगेटिभ

भारतबाट फर्केका कोरोना आशंका गरेका ८ जनाको रिपोर्ट नेगेटिभ देखिएको छ । जगदुल्ला गाउँपालिका भर भएर भारतमा मजदुरी गरेर फर्केका ८ जना र थप एक जना गरि ९ जनाको आरडिटी परीक्षण गर्दा रिपोर्ट नेगेटिभ भेटिएको हो ।

रसुवाको दुई गाउँपालिकाबाट आरडिटी सुरु, ५२ जनाको रिपोर्ट नेगेटिभ

रसुवाको चार वटा गाउँपालिकामा द्रुत विधिबाट परीक्षण गरिएका सबै व्यक्तिको कोरोना रिपोर्ट नेगेटिभ आएको छ । सोमबार जिल्लाको नौकुण्ड र आमाछोदिङ्मो गाउँपालिकाबाट पनि आरडिटी सेवा सुरु भएको छ । सोमबार आमाछोदिङ्मो गाउँपालिकामा १४ र नौकुण्ड गाउँपालिाकामा ८ जनाको परीक्षण गरिएको छ ।

र्‍यापिड डाइग्नोस्टिक टेष्ट जारी, सबैको रिपोर्ट ‘नेगेटिभ’

खोटाङका दुई नगरपालिकाका २७ जनाको नोबेल कोरोना भाइरस (कोभिड–१९)को र्‍यापिड डाइग्नोस्टिक टेष्ट (आरडिटि) रिपोर्ट ‘नेगेटिभ’ आएको छ । गत चैत यता विभिन्न देशबाट घर फर्किएपछि क्वारेन्टीन र होम क्वारेन्टीनमा राखिएका हलेसी तुवाचुङ नगरपालिकाका २३ जना र दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका ४ जनाको र्‍यापिड डाइग्नोस्टिक टेष्ट रिपोर्ट ‘नेगेटिभ’ आएको प्रमुख जिल्ला अधिकारी शालिग्राम शर्मा पौडेलले बताए ।

ताप्लेजुङमा थप १३ जनाको आरडीटी किटबाट परीक्षण, ७४ जनाको रिपोर्ट नेगेटिभ

ताप्लेजुङमा थप १३ जनामा गरिएको र्‍यापिड डाईग्नोस्टिक टेष्ट(आरडीटी) परीक्षणको रिपोर्ट पनि नेगेटिभ आएको छ । यो सहित ताप्लेजुङमा ७४ जनामा आरडीटी किटबाट गरिएको परीक्षणको नतिजा नेगेटिभ आएको हो ।

रसुवामा २९ जनाको कोरोना रिपोर्ट नेगेटिभ

रसुवामा एक हप्तामा द्रुत विधिबाट परीक्षण गरिएका सबै व्यक्तिको कोरोना रिपोर्ट ‘कोरोना नभएको अर्थात नेगेटिभ’ आएको छ। जिल्लामा गएको आइतबारदेखि रसुवा अस्पताल र जीवजीवे ग्रामीण अस्पतालबाट आरडिटी सेवा सुरु भएको थियो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्