४ आश्विन २०८१ शुक्रबार
image/svg+xml
स्वास्थ्य

डोल्पामा ६१ जनाको आरडिटी परीक्षण गरिएकोमा सबैको रिपोर्ट नेगेटिभ

डोल्पा- डोल्पामा हालसम्म ६१ जनाको कोरोना भाइरस (कोभिड– १९) आरडिटी परीक्षण गरिएको छ । परीक्षण गरिएका सबैको रिपोर्ट नेगेटिभ आएको छ ।

जिल्ला अस्पतालमा कार्यरत स्वास्थ्यकर्मीहरूको टोली जिल्लाका विभिन्न स्थानमा पुगेर शंकास्पद व्यक्तिको आरडिटी परीक्षण गर्दा सबैको रिपोर्ट नेगेटिभ आएको हो । शुक्रबार त्रिपुरासुन्दरी नगरपालिका अन्तर्गत रहेका त्रिपुराकोट क्वारेन्टाइनमा रहेका २० जना र फोक्सुण्डो आधारभुत क्वारेन्टाइनमा रहेका ८ जना गरेर २८ जनाको आरडिटी परीक्षण गर्दा सबैको रिपोर्ट नेगेटिभ आएको हो । मंगलबार मात्रै जगदुल्ला गाउँपालिकामा भारतबाट आएका आठजना र गाउँमै बसेका एक बिरामी स्थानीयको आरडिटी परीक्षण गर्दा सबैको रिपोर्ट नेगेटिभ आएको थियो ।

बुधबार मात्र ठूलीभेरी नगरपालिका अन्तर्गत वडा नं.७ मा पर्ने जुफालमा १५ जनाको आरडिटी परीक्षण गर्दा सबैको रिपोर्ट नेगेटिभ आएको थियो । जिल्ला अस्पताल डोल्पाले दिएको जानकारी अनुसार ठुलीभेरी नगरपालिका र जगदुल्ला गाउँपालिकामा ९ जनामा गरिएको परीक्षणसंगै अहिले सम्म ६१ जनाको आरडिटी परीक्षण गरिएकोमा सबैको रिपोर्ट नेगेटिभ आएको छ ।

यसैगरि जिल्ला अस्पतालमा केही दिनअघि नौ जनामा गरिएको आरडिटी कीट परीक्षणमा पनि सबैको रिपोर्ट नेगेटिभ आएको थियो । जिल्ला अस्पताल स्वास्थ सेवा प्रमुख सिजन रावलका अनुसार उपल्लो डोल्पामा रहेको डोल्पोबुद्द गाउँपालिकाको धो र छार्काताङसोङको काककोटमा रहेका भारतबाट आएका २५ जनाको आरडिटी परीक्षणको लागि डाक्टर रमेश रोकाको नेतृत्वमा ४ सदस्यीय स्वास्थ्यकर्मीको टोली आइतबार उपल्लो डोल्पामा पठाउन लागिएको छ ।

आरडिटी परीक्षणको लागि १४० वटा कीट जिल्लामा आएकोमा ६१ वटा परीक्षणमा प्रयोग भइसकेको र उपल्लो डोल्पामा २५ जनाको परीक्षण गरिएपछि किटको मौज्दात ५५ मात्र रहने देखिएकोले पछिल्लो समय बाहिर जिल्लाबाट आउने मानिसहरुको चाप बढिरहेकाले किटको अभाव हुने समेत डाक्टर सिजन रावलले बताए ।

प्रकाशित: १२ वैशाख २०७७ ०८:२१ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App