४ आश्विन २०८१ शुक्रबार
image/svg+xml
स्वास्थ्य

रसुवामा २९ जनाको कोरोना रिपोर्ट नेगेटिभ

रसुवा- रसुवामा एक हप्तामा द्रुत विधिबाट परीक्षण गरिएका सबै व्यक्तिको कोरोना रिपोर्ट ‘कोरोना नभएको अर्थात नेगेटिभ’ आएको छ। जिल्लामा गएको आइतबारदेखि रसुवा अस्पताल र जीवजीवे ग्रामीण अस्पतालबाट आरडिटी सेवा सुरु भएको थियो।

कोभिड-१९ सूचना केन्द्र रसुवाका अनुसार एक हप्तामा २९ जनाको परीक्षण गरिएको छ। जसमा सबै जनाको कोरोना रिपोर्ट नेगेटिभ आएको छ। रसुवामा विदेशबाट फर्किएका व्यक्तिको परीक्षण गरिएको हो। जीवजीवे ग्रामीण अस्पतालमा २० जना र रसुवा अस्पतालमा ९ जनाको परीक्षण भएको केन्द्रले जनाएको छ।

कोभिड-१९ सूचना केन्द्र रसुवाका अनुसार चैत १ गतेदेखि २३ जना व्यक्ति विदेशबाट आएका छन्। जिल्लामा ५२ शैयाको आइसोलेसन सञ्चालनमा रहेको छ। जिल्लामा पछिल्लो समय ज्वरोको बिरामी बढेका देखिएको छ।

तर ज्वरो आउँदा आइसोलेसन तथा क्वारेन्टाइनमा बस्न पर्ने डरले स्वास्थ्य संस्था जाने दर घटेको स्वास्थ्यकर्मी बताउँछन्। ज्वरो आएका बिरामी मेडिकल जाने क्रम भने बढ्दै गएको छ।

प्रकाशित: ७ वैशाख २०७७ ०२:४२ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App