४ आश्विन २०८१ शुक्रबार
image/svg+xml
स्वास्थ्य

ताप्लेजुङमा १ सय १३ जनाको आरडीटी परीक्षण, सबैको रिपोर्ट नेगेटिभ

ताप्लेजुङ- ताप्लेजुङमा अहिले सम्म गरिएको १ सय १३ जनाको आरडीटी टेष्ट परीक्षणको सबै नतिजा नेगेटिभ आएको छ । बिहीबार मिक्वाखोला गाउँपालिकाको वडा नं ५ पापुङमा गरिएको १७ जनाको परीक्षण रिपोर्ट नै नेगेटिभ आएको छ । बुधबार जिल्ला अस्पतालमा थप ४ जनाको परीक्षण गरिएकोमा यो रिपोर्ट पनि नेगेटिभ आएको छ । यो संगै अहिले सम्म गरिएका आरडीटी परीक्षणको सबै रिपोर्ट कोरोना नेगेटिभ आएको स्वास्थ्य कार्यालय ताप्लेजुङका प्रमुख राजकुमार पोखरेलले जानकारी दिए।

यसअघि पाथीभरा याङ्वरक गाउँपालिका वडा नं ६ थुम्बेदिनमा गरिएको ४ जनाको परीक्षण रिपोर्ट नेगेटिभ आएको थियो । यस्तै मिक्वाखोला गाउँपालिकाको लिवाङमा ५ जना, सिरिजङ्घा गाउँपालिकाको तेल्लोकमा ८ जना र आठराई त्रिबेणी गाउँपालिकाको केन्द्र हाङपाङमा गरिएको परीक्षणबाट १२ जनाको रिपोर्ट नेगेटिभ आएको थियो । मैवाखोला गाउँपालिकामा १ जनाको परीक्षण गरिएकोमा सो रिपोर्ट पनि नेगेटिभ आएको छ । सिदिङ्वा गाउँपालिकाको साब्लाखु भञ्ज्याङमा ११ जनाको आरडीटी किटबाट परीक्षण गरिएको थियो ।

ताप्लेजुङ जिल्ला अस्पतालका निमित्त मेडिकल सुपरीटेन्डेन्ट डाक्टर सोनिङ लामाका अनुसार आरडीटी परीक्षण अन्र्तगत सबैभन्द पहिला जिल्ला अस्पतालमा २६ जना, मेरिङ्देन गाउँपालिकामा १५ जना, फक्ताङ्लुङ गाउँपालिकामा ४ जना, पाथीभरा याङ्वरक गाउँपालिकामा ६ जना र सिदिङ्वा गाउँपालिकामा ११ जनाको परीक्षण गरिएको हो । परीक्षण गरिएका सबै रिपोर्ट नेगेटिभ आएको छ ।

चैत महिनायता भारतसहित तेस्रो मुलुकबाट आएका, क्वारेन्टाइनमा रहेका र उच्च ज्वरोका कारण अस्पताल तथा स्वास्थ्य संस्थाको फिबर कक्षामा रहेकाहरुको आरडीटी परीक्षण गरिदैं आएको छ । यसअघि ४ जनाको स्वाब परीक्षणको रिपोर्ट पनि नेगेटिभ आएको थियो ।

 

 

प्रकाशित: ११ वैशाख २०७७ ०६:०१ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App