४ आश्विन २०८१ शुक्रबार
image/svg+xml
समाज

मोरङमा एक सय २० को पिसिआर नेगेटिभ

विराटनगर महानगरपालिकाका २ वटा वडाका दुई जनामा कोरोना भाइरस (कोभिड –१९) केही दिनअघि पोजेटिभ देखिएको थियो । महानगरपालिकाका सफाइ कर्मचारी र अर्को वडाकी एक महिलामा भाइरस पोजेटिभ देखिएसँगै दुवै बस्ने वडालाई सिल गरिएको थियो ।  महानगरपालिकामा कार्यरत सरसफाइ कर्मचारी तथा महानगरका दुई वटामा गरिएको १ सय २० जनाको स्वाब नमुना परीक्षण रिपोर्ट नेगेटिभ आएको महानगरपालिकाले जनाएको छ ।  

पिसिआरका लागि चाहिने १ हजार २ सय थान भाइरस कलेक्सन किट (भिटिएम)  महानगरले खरिद गरेको छ । हाल एकदिनको अन्तर आलोपालोमा महानगरको विभिन्न वडामा एक पटकमा ५० वटा स्वाब संकलन कार्य सुरु गरेका छ ।  यसअघि महानगरले आरडिटी परीक्षणलाई अघि बढाएको थियो ।  महानगरपालिका क्षेत्रभित्र संक्रमित भेटिएसँग लकडाउनलाई थप कडाइ गर्दै वडालाई सिल गर्नुका साथै परीक्षणलाई तीव्रता दिइएको छ । केहीदिनदेखि जारी स्वाब संकलनका क्रममा सबै जनाको पिसिआर रिपोर्ट नेगेटिभ आएको महानगरपालिकाका प्रमुख भीम पराजुलीले बताए ।

 विराटनगर–१५ मिल्स एरियका ३५ वर्षीय एक सरसफाइ कर्मचारीमा कोरोना भाइरसको संक्रमण पुष्टि भएसँगै महानगरले मातहतका सबै सरसफाइ कर्मचारीको स्वाब परीक्षण गरेको हो ।महानगरको ६ नम्बर वडाकी एक महिलामासमेत कोरोना भाइरस पुष्टि भएको थियो । उनीहरू बसोबास गरेको वडा १५ र ६ मा सम्पर्कमा रहेकाहरूको कन्ट्याक्ट ट्रेसिङका आधारमा परीक्षण गरिएको हो । दुवै संक्रमित भारत बसाइँपछि लकडाउनको समयमा लुकेर घर आएको र सफाइ कर्मचारी भने एक महिनादेखि नै काममा नखटिएको महानगरले जनाएको छ ।  

प्रकाशित: ९ जेष्ठ २०७७ १३:५५ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App