पर्यटनमा आफूखुसी व्यवस्था
अन्नपूर्ण क्षेत्रभित्रको घान्द्रुक र अन्नपूर्ण आधारशिविर (एबिसी) क्षेत्रका व्यवसायीले कोरोना संक्रमण बढेको भन्दै अनिश्चितकालसम्मका लागि होटल नखोल्ने निर्णय गरिसकेका छन्। व्यवसायीको त्यही निर्णयपछि घान्द्रुकसहित आसपास र एबिसी क्षेत्रका होटल अझै खुलेका छैनन्।