५ जेष्ठ २०८१ शनिबार
image/svg+xml
समाज

पिसिआर रिपोर्ट पर्खँदै मृतकका गाउँले

गुल्मीका मदाने गाउँपालिकाका कोरोना संक्रमितको मृत्यु भएसँगै त्यस क्षेत्रका नागरिकले पिसिआर रिपोर्ट पर्खेर बसेका छन्।  मृतकको दोस्रो कोरोना रिपोर्ट र सम्पर्कमा आएका ३० जनाको पिसिआर रिपोर्टका आधारमा थप रणनीति तय गरिने गाउँपालिकाले जनाएको छ।  

स्थानीय शिक्षक  उनलाई कोरोना लागेको हो वा होइन भन्नेबारे गाउँमा अन्योल छ। मृतकको स्वाब संकलनमा अस्पतालले गम्भीर त्रुटि गरेको र  दोस्रो पटक स्वाब लिइएको स्थानीयवासीको आरोप छ। गाउँमा शंकास्पद मुलकबाट २१ दिनयता कोही नआएको र आएका अन्य वडाका मानिस क्वारेन्टिनमा बसेकाले कोरोना संक्रमणबारे अन्योल भएको स्थानीयवासी भरत चन्दले बताए। 

स्थानीयवासी प्रेम केसीका अनुसार गाउँलेहरु मृतकको दोस्रो पटकको स्वाब र  उनीसँग प्रत्यक्ष सम्पर्कमा जोडिएका ३० जनाको स्वाब रिपोर्ट पर्खेर बसेका छन्। कोरोना संक्रमण पुष्टि हुँदाको दिन स्थानीयवासी धेरै त्रसित भए पनि अहिले त्रास हराउँदै गएको चन्दले बताए।  

प्रकाशित: ८ जेष्ठ २०७७ १२:१५ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App