४ आश्विन २०८१ शुक्रबार
image/svg+xml
स्वास्थ्य

पहिलो ८ जनाको रिपोर्ट नेगेटिभ

जुम्ला- कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लामा पिसिआर मेसिनबाट पहिलो पटक परीक्षण भएका ८ जनाको कोरोना रिपोर्ट नेगेटिभ आएको छ । जुम्लामा पिसिआर मेसिन पुगेको एक सातापछि स्वाब परीक्षणको काम सुरु भएको थियोे ।

पहिलो पटक मुगुको खत्याडमा खटिएका ७ जना स्वास्थ्यकर्मी र एक जना तातोपानी गाउँपालिकाका स्थानीयको स्वाब परीक्षण गरिएको हो । सबैको रिर्पोट नेगेटिभ आएको कर्णाली अस्पतालका निर्देशक मंगल रावलले जानकारी दिएका छन् । मुगुको खत्याडमा एक जनासंग र्‍यापिड टेस्ट गर्दा कोरोना पाेजेटिभ देखिएपछि प्रतिष्ठानकोे एक टोली खटाइएको थियो । स्वास्थ्यकर्मीसंगै ४५ दिन अघि भारतबाट आएका तातोपानीका स्थानीयका पनि रिर्पोट परीक्षण गरिएको थियो ।  

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको आरटी पिसिआरबाट परीक्षण गरिएका पहिलो ८ जनाको रिजल्ट नेगेटिभ आएको छ । निर्देशक रावल भन्छन्,‘आशा गरौँ यसरी नै सधैँ हाम्रो प्रदेशमा कोभिड १९ नेगेटभ नै रहोस ।’

कर्णालीको जुम्लामै पिसिआर मेसिनबाट स्वाब परीक्षण सुुरु भएपछि यहाँ कोराना परिक्षण गर्न सहज हुने भएको हो । प्रतिष्ठानका रजिष्टार विश्वराज काफ्ले निकै ठुलो चुनौति र अभावका बीच पिसिआर मेसिन सञ्चालनमा आएको बताउँछन् । पहिलोे पटक दुइ सय किट पुगेपछि परीक्षणको काम सुरु भएको थियो । आउदो शनिबारसम्म पुग्ने गरि एक हजार किट प्रतिष्ठानले मगाएको छ ।  किट उपलब्ध हुने बित्तिकै जुम्ला भारत, खाडीमुलुक तथा जिल्ला बाहिरबाट भित्रिएका सबैको स्वाब परिक्षण हुने कर्णाली प्रतिष्ठान बताउँछ । जुम्ला, मुगु र कालिकोटबाट पनि स्वाब संकलन गरेर परीक्षण गर्ने तयारी प्रतिष्ठानको छ ।   

यो मेसिनले एक पटकमा ९६ जनाको स्वाब परीक्षण गर्न सकिन्छ  ।

कर्णाली प्रदेश सरकारले पनि तत्कालिन कर्णालीका पाँच जिल्ला जुम्ला,हुम्ला, मुगु, डोल्पा र कालिकोट कर्णाली प्रतिष्ठानले हेर्ने गरि कार्यक्षेत्र निर्धारण गरेको छ ।  रजिष्टार काफ्लेका अनुसार मङ्गलबारदेखि नेपालगंज र भारतदेखि जुम्ला भित्रिएकाहरुको स्वाब परीक्षण गरिने भएको छ । जुम्लामै पिसिआर मेसिनबाट स्वाब परीक्षण कार्य सफल भएपनि स्थानीय उत्साहित छन् । अहिले सम्म कर्णालीमा कोराना संक्रमण भेटिएको छैन् ।

प्रकाशित: २३ वैशाख २०७७ ०२:५४ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App