२१ वैशाख २०८१ शुक्रबार
image/svg+xml
स्वास्थ्य

८४ जनाको पिसिआर रिपोर्ट नेगेटिभ

खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाबाट पिसिआर परीक्षणमा पठाइएका ८५ जनामध्ये ८४ जनाको रिपोर्ट नेगेटिभ देखिएको छ । कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका क्रममा विभिन्न क्षेत्रमा खटिएका स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, क्वारेन्टिनमा राखिएका व्यक्ती, सम्भावित संक्रमित तथा पत्रकारको स्वाब संकलन गरेर पिसिआर परीक्षणमा पठाइएकामा ८४ जनाको रिपोर्ट नेगेटिभ आएको जिल्ला अस्पतालका डा. मेडिकल अधिकृत शैलेस श्रेष्ठले बताए ।  

त्यसमध्ये एक जनाको रिपोर्ट आईतबार आएको हो । एक जनाको स्वाब भने राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौंमै हराएको बताइएको छ । स्वाब हराएका व्यक्तिको पुनः स्वाब संकलन गरेर परीक्षणमा पठाउने तयारी भएको डा. श्रेष्ठले बताए । जेठ १२ गते सोमबार संकलन गरिएको स्वाब राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौं पठाइएको थियो ।  

दिक्तेलमा दुई जनाको आरडिटी रिपोर्ट पोजेटिभ

यसैबीच, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको दिक्तेलबजारमा काम गर्ने दुई कामदारको आरडिटी रिपोर्ट पोजेटिभ देखिएको छ । सोमबार १० जनाको आरडिटी परीक्षण गर्दा काठमाडौंबाट आएका दुई जनाको आरडिटी रिपोर्ट पोजेटिभ देखिएको डा. श्रेष्ठले बताए । हालसम्म हलेसी तुवाचुङ नगरपालिका–७ महादेवस्थानका २० वर्षीय युवालाई संक्रमण भएको पूष्टी भएको छ । संक्रमितको कोशी अस्पताल कोभिड–१९ उपचार केन्द्र बिराटनगरमा उपचार भइरहेको छ । 

प्रकाशित: १८ जेष्ठ २०७७ १६:२२ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App