१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
स्वास्थ्य

८५ जनाको आरडिटी रिपोर्ट नेगेटिभ

खोटाङको केपीलासगढी गाउँपालिकामा ८५ जनाको आरडिटी रिपोर्ट नेगेटिभ देखिएको छ । मंगलबार गाउँपालिकामा कार्यरत स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, कर्मचारी, जनप्रतिनिधि लगायतको आरडिटी परीक्षण गर्दा सबैको रिपोर्ट नेगेटिभ देखिएको हो । गाउँपालिकामा २९ महिला र ५६ पुरुषको आरडिटी परीक्षण गरिएको गाउँपालिका अध्यक्ष कृष्णकुमार राईले बताए । गाउँपालिकामा तीन दिनसम्म आरडिटी परीक्षण गरिने गाउँपालिकाले जनाएको छ ।  

केपीलासगढी गाउँपालिकाको क्वारेन्टिनमा हाल २ पुरुष र २ महिला छन् । उनीहरुमध्ये ३ जना क्वारेन्टिनमा बसेको ११ दिन पुगिसकेकाले उनीहरुको पनि आरडिटी परीक्षण गर्ने तयारी गरिएको छ । आरडिटी रिपोर्ट पोजिटिभ देखिएका व्यक्तिलाई पृथ्बी माबिमा बनाइएको १० बेडको आइसोलेसनमा राख्ने तयारी गरिएको गाउँपालिकाका अध्यक्ष राईले बताए । 

प्रकाशित: २० जेष्ठ २०७७ १५:३४ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App