खोटाङको खोटेहाङ गाउँपालिकाका नौ जनाको पिसिआर रिपोर्ट नेगेटिभ आएको छ । असार १६ गते गरिएको आरडिटि परीक्षणमा पोजिटिभ रिपोर्ट आएका एक जना सहित नौ जनाको पिसिआर रिपोर्ट नेगिटिभ आएको हो । रोजगारीका सिलसिलामा भारतका विभिन्न स्थानमा पुगेकोबेला लकडाउन भएपछि घर फर्किएका स्थानीयको स्वाब संकलन गरेर पिसिआर परिक्षणका लागि बिराटनगर पठाइएको थियाे ।
शनिबार सबैको रिपोर्ट नेगेटिभ आएको गाउँपालिकाका स्वास्थ्य शाखा संयोजक यदुकुमार बस्नेतले बताए । यस्तै, साकेला गाउँपालिकाबाट पठाइएको नौ जनाको पिसिआर रिपोर्ट पनि नेगेटिभ आएको छ ।
प्रकाशित: २० असार २०७७ ०९:५७ शनिबार