७ वैशाख २०८१ शुक्रबार
समाज

४८ जनाको पिसिआर रिपोर्ट नेगेटिभ

भारतबाट आएका खोटाङको हलेसी तुवाचुङ नगरपालिकाका ३९ जना सहित ४८ जनाको पिसिआर रिपोर्ट नेगेटिभ आएको छ । रोजगारीका सिलसिलामा भारतका विभिन्न ठाउँमा पुगेको अवस्थामा लकडाउनकाबेला घर फर्किएका स्थानीय, कोरोना संक्रमण रोकथामकाक्रममा खटिएका स्वास्थ्यकर्मी र सुरक्षाकर्मीको पिसिआर रिपोर्ट नेगेटिभ आएको हो । उनीहरुको स्वाव संकलन गरेर पिसिआर परिक्षणका लागि असार १ गते बिराटनगर पठाइएको नगरपालिकाका स्वास्थ्य शाखाका सह–संयोजक प्रकाश घिमिरेले बताए । नगरपालिकाबाट पिसिआर परिक्षणका लागि स्वाव पठाएको यो तेश्रो पल्ट हो ।

हालसम्म हलेसी तुवाचुङ नगरपालिकामा चार जना संक्रमित फेला परेकामा सबै निको भएर डिस्चार्ज भइसकेका छन् । नगरपालिकामा हालसम्म ११४ जनाको पिसिआर परिक्षण भइसकेको छ ।  

प्रकाशित: ६ असार २०७७ ०६:०१ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App