८ वैशाख २०८१ शनिबार
समाज

५६ जनाको पिसिआर रिपोर्ट नेगेटिभ

खोटाङका तीन स्थानीय तहका ५६ जनाको पिसिआर रिपोर्ट नेगेटिभ आएको छ । हलेसी तुवाचुङ नगरपालिकाकाका ४८ जना, जन्तेढुंगा गाउँपालिकाका ४ जना र रावाबेँसी गाउँपालिकाका ४ जनाको पिसिआर रिपोर्ट नेगेटिभ आएको हो । पिसिआर परिक्षणका लागि स्वाब संकलन गरेर पठाइएकामा शनिबार सबैको रिपोर्ट नेगेटिभ आएको खोटाङका प्रमुख जिल्ला अधिकारी शालिग्राम शर्मा पौडेलले बताए ।  

भारतबाट आएका हलेसी तुवाचुङ नगरपालिकाका ३९ जना सहित ४८ जनाको पिसिआर रिपोर्ट नेगेटिभ आएको हो । रोजगारीका सिलसिलामा भारतका विभिन्न ठाउँमा पुगेको अवस्थामा लकडाउनकाबेला घर फर्किएका स्थानीय, कोरोना संक्रमण रोकथामकाक्रममा खटिएका स्वास्थ्यकर्मी र सुरक्षाकर्मीको स्वाव संकलन गरेर पिसिआर परिक्षणका लागि असार १ गते बिराटनगर पठाइएको थियो ।

प्रकाशित: ६ असार २०७७ १०:५७ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App