coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

रिपोर्ट नआउँदै घर पठाइएका १७ जना संक्रमित

बैतडीको शिवनाथका सोमबार कोरोना संक्रमण पुष्टि भएका २१ जनामध्ये १७ जना यसअघि नै घर गएको पाइएको छ । एक हप्ता अघि स्वाब संकलन गरी रिपोर्ट नआउँदै उनीहरुलाई घर पठाइएको हो । वडा नं. २ का एक महिलासहित ७ जना, वडा नं. ४ का ५ जना पुरुष, र वडा न. ६ का ५ जना पुरुष पिसिआर रिपोर्ट नआउँदै घर पठाइएको हो । वडा नं ३ का ४ जना पुरुष मात्रै हाल क्वारेन्टिनमा रहेका शिवनाथ गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख नरेन्द्रसिंह महताले बताए ।

भारतबाट फर्किएका उनीहरुको आरडिटी पोजेटिभ आएको र स्वाब संकलन पश्चात उनीहरु घर गएका हुन् । नयाँ निर्देशिका अनुसार लक्षण नदेखिएका र सामान्य अवस्थालाई घर पठाउन सकिने स्वास्थ्य मन्त्रालयको गाइडलाइन अनुसार घर पठाइएको बताइएको छ । यसअघि नै घर पठाइएका उनीहरुलाई घरकै आइसोलेसनमा राख्ने निर्णय भएको स्वास्थ्य शाखा प्रमुख महताले बताए । ‘एक हप्ताको लागि होम क्वारेन्टिनमा बस्ने प्रतिवद्धता गराएर पठाइएको हो,’ उनले भने, संक्रमितलाई १० दिन घरकै आइसोलेसनमा राखिने तयारी गरिएको छ ।’ कुनै स्वास्थ्य समस्या वा लक्षण देखिएमा मात्र स्वास्थ्य संस्था आउन आग्रह गरिएको छ । संक्रमितहरुलाई पुनः घरकै आइसोलेसनमा बस्ने प्रतिवद्धता गरेर राखिने उनले बताए ।  

गाउँपालिकामा संक्रमित बढन थालेपछि प्रत्येक वडामा तत्कालको लागि दुई बेडको आइसोलेसन बनाउने, पिसिआरको दायरा बढाउन प्रदेश सरकारसँग माग गर्ने गाउँपालिकाले आरडिटी र स्वाब संकलन गर्न भिटिएम खरिद गर्ने तयारीसमेत गरिएको छ ।

कोरोना संक्रमित गाउँमा पठाइएपछि त्रास फैलिन थालेको स्थानीय बताउँछन् । क्वारेन्टिनमा बसेकाहरुको रिपोर्ट नआउँदै घरमा पठाएपछि गाउँमा त्रास फैलिएको स्थानीय बताउँछन् ।

यो सँगै बैतडीमा संक्रमितको संख्या २७ पुगेको छ । जसमध्ये पाटनका १ जना अझै आइसोलेसनमा रहेका छन् भने ५ जना डिस्चार्ज भइसकेका छन् । संक्रमित २७ जनामध्ये २६ जना शिवनाथकै रहेका छन् ।

प्रकाशित: १ असार २०७७ १३:४८ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App