१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

ताप्लेजुङबाट पठाइएको थप २९ जनाको स्वाब परीक्षण रिपोर्ट नेगेटिभ

ताप्लेजुङबाट स्वाब संकलन गरी परीक्षणका लागि पठाइएको थप २९ जनाको पीसीआर रिपोर्ट नेगेटिभ आएको छ । मैवाखोला गाउँपालिकाको क्वारेन्टिनमा रहेका २६ तथा ताप्लेजुङ जिल्ला अस्पतालको फिवर कक्षमा उपचारार्थ भर्ना भएका ३ जनासहित २९ जनाको स्वाब परीक्षणका लागि पठाइएकोमा सबैको रिपोर्ट नेगेटिभ आएको जिल्ला कोरोना नियन्त्रण तथा व्यवस्थापन समितिका सचिव एवम् प्रमुख जिल्ला अधिकारी डोरेन्द्र निरौलाले बताए । यो सहित ताप्लेजुङमा अहिले सम्म १ सय ३५ जनाको पीसीआर अर्थात् स्वाब परीक्षण रिपोर्ट नेगेटिभ आई सकेको छ ।  

प्रजिअ निरौलाका अनुसार यहाँ ६ सय ५१ जनाको आरडीटी किटबाट परीक्षण गरिएको छ । आरडीटी परीक्षण गरिएका मध्ये ६ सय ४७ जनाको रिपोर्ट नेगेटिभ आएको थियो भने २ जनाको रिपोर्ट आरडीटी पोजेटिभ आएपछि उनीहरुको पीसीआर परीक्षण गर्दा त्यसको नतिजा भने नेगेटिभ आएको थियो । २२ स्थानमा २ सय ५१ शैयाको क्वारेन्टिन निर्माण भएकामा अहिले बिभिन्न स्थानीय तहले निर्माण गरेका क्वारेन्टिनमा ३७ पुरुष,७ महिला,४ बालक र र ३ बालिका गरी ५१ जना रहेको समेत निरौलाले जानकारी दिए । ६ सय १९ पुरुष,३ सय ७ महिला,८३ बालक र ४३ बालिका गरी जम्मा १ हजार ५२ जना भने होम क्वारेन्टिनमा रहेको समेत निरौलाले जानकारी दिए ।  

पीसीआर परीक्षणको दाहेरा बढाउने योजना सहित यहाँका स्थानीय तहले २ हजार थान पीसीआर खरिद गरेका छन् । फुङ्लिङ नगरपालिकाले ४ सय थान र बाँकी ८ वटा गाउँपालिकाले जनही २ सय थान गरी २ हजार थान पीसीआर भाईल र स्टिक खरिद गरी परीक्षण बढाउँदै लगिएको समेत प्रजिअ निरौलाले जानकारी दिए । जुन स्थानीय तहका नागरिकको पीसीआर परीक्षणका लागि स्वाब संकलन गरिन्छ,सोहि स्थानीय तहले खरिद गरेको पीसीआर भाईल र स्टिक संकलनका लागि प्रयोग गर्ने निर्णय यसअघि नै कोरोना नियन्त्रण तथा व्यवस्थापन समितिले गरिसकेको छ । स्वाब संकलन गरी परीक्षणका लागि पठाउँदाको यातायात खर्च समेत सम्वन्धित स्थानीय तहले व्यहोर्दै आएका छन् ।  

अहिले सम्म ताप्लेजुङमा कोरोना संक्रमित फेला परेका छैनन् । स्वास्थ्य मन्त्रालयले कोरोना संक्रमित जिल्लाको रुपमा ताप्लेजुङलाई समेत समाबेश गरेपनि कोरोना संक्रमित फेला नपरेको कोरोना नियन्त्रण तथा व्यवस्थापन समितिका संयोजक एवम् जिल्ला समन्वय समितिका प्रमुख घनेन्द्र मादेनले जानकारी दिए ।

प्रकाशित: ७ असार २०७७ ०७:५९ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App