८ वैशाख २०८१ शनिबार

जोखिम भत्ता नपाउँदा बिपीमा स्वाब परीक्षण प्रभावित

एक साताअघि नै जोखिम भत्ता दिइनुपर्ने माग गर्दै चिकित्सकले व्यवस्थापन पक्षलाई मागपत्र पेस गरेका तर माग पूरा नभएपछि उनीहरूले आइतबारदेखि संकलन गरेको स्वाब परीक्षण गर्न जिम्मा लिन मानेका छैनन्।

दसैं विदामा आकस्मिक बाहेक स्वाब संकलन र प्रयोगशाला बन्द

प्रदेश १ मा रहेको प्रदेश प्रयोगशाला र कोसी अस्पतालले स्वाब संकलन बन्द गरेको छ। कर्मचारी अभाव र विदाका कारण दैनिक दिइँदै आएको सेवा बन्द हुने भएको हो।

पिसीआर किटले काम गरेनः स्वाब परीक्षणमा समस्या

कर्णाली प्रदेश सरकारले रुकुम पश्चिमको चौरजहारी प्रयोगशालामा कोभिड–१९ को परीक्षणका लागि भनेर पठाएको किटले काम गर्न सकेको छैन। प्रदेश अन्र्तगतको स्वास्थ्य सेवा निर्देशनालयले पिसीआर विधिबाट पाँच सय जनाको स्वाब परीक्षण गर्न सक्ने किट पठाएकोमा सो किटले काम नगरेको चौरजहारी प्रयोगशालाले जनाएको छ।

उपमेयरद्वारा स्वाब परीक्षण इन्कार

रौतहटको कटहरिया नगरपालिकाकी उपमेयर नुरजहाँ खातुनले परीक्षणका लागि स्वाब दिन नमान्दा स्थानीय स्थानीय त्रसित बनेका छन् ।

कोरोना परीक्षण गर्न राजधानीका १४ ठाउँमा बुथ राखिने

सरकारले शंकास्पद व्यक्तिको कोरोना परीक्षणका लागि राजधानीका १४ स्थानमा परीक्षण बुथ राख्ने भएको छ। उपत्यकामा कोरोना संक्रमणको जोखिम बढेपछि सरकारले यस्तो निर्णय गरेको हो।

ताप्लेजुङका थप २० जनाको पीसीआर रिपोर्ट नेगेटिभ

ताप्लेजुङबाट पठाइएको २० जनाको स्वाब परीक्षण रिपोर्ट नेगेटिभ आएको छ । क्वारेन्टिन सुरक्षामा खटिएका ४ सुरक्षाकर्मीसहित २० जनाको स्वाब परीक्षणका लागि पठाइएकोमा सबैको रिपोर्ट नेगेटिभ आएको प्रमुख जिल्ला अधिकारी डोरेन्द्र निरौलाले जानकारी दिए ।

एकै दिनमा २४ जनाले जीते कोरोना, आइसोलेसन बेड खाली हुँदै

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पतालको आइसोलेसन बेड रित्तिन थालेका छन् ।

ताप्लेजुङका ३५ जनाको पीसीआर रिपोर्ट नेगेटिभ

ताप्लेजुङबाट पठाइएको ३५ जनाको स्वाब परीक्षण रिपोर्ट नेगेटिभ आएको छ । संक्रमित २ जनासंगै सम्भावित सम्पर्कमा रहेका, क्वारेन्टिनमा बसेका र जिल्ला अस्पतालको फिबर क्लिनिकमा उपचारार्थ भर्ना भएका ३१ पुरुष र ४ महिलाको पीसीआर रिपोर्ट नेगेटिभ आएको कोरोना नियन्त्रण तथा व्यवस्थापन समितिले जनाएको छ ।

प्रदेश २ : दिनको पाँच सय स्वाब संकलन, डेढ सय परीक्षण

प्रदेश २ मा स्वाब संकलनभन्दा परीक्षण निकै कम भइरहेको पाइएको छ । कोरोना संक्रमणको आशंकामा औसतमा दैनिक ५ सय जनाको स्वाब संकलन हुने यो प्रदेशमा डेढ सय नमुना मात्र परीक्षण भइरहेको स्वास्थ्य निर्देशनालयले जनाएको छ ।

स्वाब परीक्षणमा उपत्यकाका ल्याबकै असहयोग

वीर अस्पतालका निर्देशक डा. केदार सेन्चुरीले प्राविधिक समस्याका कारण कम परीक्षण भइरहेको बताए। उनले आफूहरूको लक्ष्य दैनिक डेढ सयदेखि दुई सय ५० सम्म गर्ने रहेको भन्दै आगामी दिनमा यो दर बढ्ने दाबी गरे।

ताप्लेजुङबाट पठाइएको थप २९ जनाको स्वाब परीक्षण रिपोर्ट नेगेटिभ

ताप्लेजुङबाट स्वाब संकलन गरी परीक्षणका लागि पठाइएको थप २९ जनाको पीसीआर रिपोर्ट नेगेटिभ आएको छ । मैवाखोला गाउँपालिकाको क्वारेन्टिनमा रहेका २६ तथा ताप्लेजुङ जिल्ला अस्पतालको फिवर कक्षमा उपचारार्थ भर्ना भएका ३ जनासहित २९ जनाको स्वाब परीक्षणका लागि पठाइएकोमा सबैको रिपोर्ट नेगेटिभ आएको जिल्ला कोरोना नियन्त्रण तथा व्यवस्थापन समितिका सचिव एवम् प्रमुख जिल्ला अधिकारी डोरेन्द्र निरौलाले बताए ।

क्वारेन्टिनमा न ओछयान न झुल, २० दिनदेखि स्वाब परीक्षणकै पर्खाइमा

‘भुइँमै सुत्छौँ, ओछयाउनलाई न तन्ना छ न झुल । रात लामखुट्टे मारेरै बितेको छ । कोरोना भन्दा पहिले मलेरिया लागेर मर्ने हो कि जस्तो लाग्छ,’ धनुषा सबैला नगरपालिका—२ स्थित सरस्वती माध्यमिक विद्यालयका क्वारन्टिनमा बसिरहेका चन्दन साहले दुखेसो पोखे । भारतको गुजरातबाट गत जेठ २२ गते फर्किएयता भोगेका दुःख सम्झिदा उनको आँखा रसाउँछ ।

दाङमा कोरोना परीक्षणको गती बढ्यो

दाङमा कोरोना परीक्षणको दायरा बढेको छ । दाङमा कोरोना परीक्षण हुने एक मात्रै थलो राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा परीक्षण मेसिन थप भएसंगै परीक्षणको दायरा बढेको हो । प्रतिष्ठानका कायममुकायम रजिष्ट्रार कैलाश देवका अनुसार अब दिनहुँ एक हजार जनाको स्वाब परीक्षण हुनेछ ।

३० हजारभन्दा बढीको स्वाब परीक्षण बाँकी

दोस्रो पिसिआर परीक्षणका लागि पठाइएको स्वाबको रिपोर्ट छ दिनसम्म पनि नआएपछि क्वारेन्टिनमा बसेकाहरू आन्दोलित भए। क्षमताभन्दा बढी स्वाब संकलन भएर परीक्षणका लागि आएपछि व्यवस्थापनमा समस्या देखिएको छ।

प्रयोगशालामा २५ सय बढी ‘स्याम्पल’ थुप्रिए

कोरोनाको संक्रमण बढ्दै जाँदा यहाँको प्रयोगशालामा परीक्षणका लागि ल्याइएको स्वाबको ‘स्याम्पल’ को थुप्रो लागेको छ । गण्डकी प्रदेशमा अहिलेसम्म पोखरामा मात्र प्रयोगशाला छ ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्