coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

संक्रमित प्रहरी जवानको सम्पर्कमा रहेका व्यक्तिको पिसिआर रिपोर्ट नेगेटिभ

खोटाङमा कोरोना संक्रमित प्रहरी जवानको परिवार तथा उनको सम्पर्कमा रहेका अन्य प्रहरीको पिसिआर रिपोर्ट नेगेटिभ आएको छ । बिदामा घर आएको अवस्थामा दिप्रुङ चुईचुम्मा गाउँपालिका–५ सछितापोखरीस्थित अस्थायी प्रहरीचौकी छितापोखरीमा काजमा महिना दिन विताएर प्रहरी प्रधान कार्यालय काठमाडौं फर्किएका प्रहरी जवानलाई कोरोना संक्रमण भएको पूष्टी भए पनि उनका परिवारका पाँच जना सदस्य, अस्थायी प्रहरीचौकीमा कार्यरत पाँच जना प्रहरी र एक प्रहरीका श्रीमतीको पिसिआर रिपोर्ट नेगेटिभ आएको हो । 

दरबन्दीमा हाजिर हुन काठ्माण्डौं फर्किएका प्रहरी जवानलाई कोरोना संक्रमण भएको पूष्टी भएपछि गत आइतबार उनीहरु सहित ३२ जनाको स्वाव संकलन गरेर पिसिआर परिक्षणका लागि प्रदेश प्रयोगशाला बिराटनगर पठाइएकामा मंगलबार सबैको रिपोर्ट नेगेटिभ आएको दिप्रुङ चुईचुम्मा गाउँपालिकाका अध्यक्ष भूपेन्द्र राईले बताए ।  

गत फागुनमा बिदामा घर आएका थापा थरका प्रहरी जवान लकडाउनका कारण गत जेठ ६ गतेदेखि अस्थायी प्रहरीचौकी छितापोखरीमा सम्पर्क काजमा बसेका थिए । दरबन्दी भएको प्रहरी प्रधान कार्यालय अपराध महाशाखामा हाजिर हुनका लागि असार ८ गते ना १ ज ६०८३ नम्बरको जीपमार्फत काठ्माण्डौं गएपछि पिसिआर परीक्षणकाक्रममा उनलाई कोरोना संक्रमण भएको पूष्टि भएको थियो । काठमाडौं जानेक्रममा असार ४ गते अस्थायी प्रहरीचौकीबाट रवाना बुझेका उनी असार ७ गते घरबाट पैदल हिँडेर दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–३ बाम्राङस्थित आफ्नो दिदिको घरमा पुगेको ट्राभल हिस्ट्रीले देखाएको छ ।  

संक्रमित पूष्टि भएका प्रहरी जवानसँग बाम्राङकै दुई जना पुरुषले जीपमा यात्रा गरेको पाइएको छ । सो जीपका चालक भने काभ्रे चैरेदेउरालीका रहेको प्रमुख जिल्ला अधिकारी शालिग्राम शर्मा पौडेलले बताए । प्रहरी र प्रभावित परिवारका सदस्यसँगै परदेशबाट आउनेक्रममा भँडारेघाटस्थित क्वारेन्टीनमा राखिएका नागरिकको पिसिआर रिपोर्ट पनि नेगेटिभ आएको गाउँपालिकाले जनाएको छ ।  

आफन्तको घरमा आएका प्रहरी जवानलाई संक्रमण भएको पूष्टी भएपछि दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–३ बाम्राङमा समेत त्रास फैलिएको वडाध्यक्ष ललित राईले बताए । प्रहरी जवान काठमाडौं जानुअघि कहाँ–कहाँ पुगे वा क–कसको सम्पर्कमा पुगे भन्ने बारेमा अझै खुल्न बाँकी रहेको छ । 

प्रकाशित: १६ असार २०७७ १२:५३ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App