७ वैशाख २०८१ शुक्रबार
समाज

आरडिटी पोजेटिभ देखिएकी महिलाको पीसीआर रिपोर्ट नेगेटिभ

ताप्लेजुङमा देखिएको दोस्रो आरडिटी पोजेटिभ व्यक्तिको पीसीआर रिपोर्ट पनि नेगेटिभ आएको छ । पहिलो आरडिटी पोजेटिभ व्यक्तिको पीसीआर रिपोर्ट पनि नेगेटिभ नै आएको थियो । यो रिपोर्टसंगै ताप्लेजुङबाट ९० जनाको पीसीआर परीक्षण गरिएकोमा सबैको रिपोर्ट नेगेटिभ आएको छ ।

निमित्त स्वास्थ्य प्रमुख राजकुमार पोखरेलले पछिल्लो दिन आरडिटी पोजेटिभ देखिएकी फुङ्लिङ नगरपालिकाकी एक महिलासहित १३ जनाको स्वाब परीक्षणका लागि पठाइएकोमा सबैको रिपोर्ट नेगेटिभ आएको जानकारी दिए । उनका अनुसार शुक्रबार सम्ममा यहाँका ६ सय १३ जनाको आरडिटी र ९० जनाको पीसीआर परीक्षण गरिएकोमा २ जनाको आरडिटी परीक्षण रिर्पोट पोजेटिभ आएपनि पछि पीसीआर रिर्पोट भने नेगेटिभ नै आएको जानकारी दिएको छ ।‘ताप्लेजुङ अहिले सम्म संक्रमित जिल्लाको सूचीमा छैन’पोखरेलले भने ।  

उनले स्वास्थ्य मन्त्रालयले संक्रमित सूचीमा राखेको प्रति स्वास्थ्य कार्यालयकातर्फबाट ताप्लेजुङमा अहिले सम्म संक्रमण फेला नपरेको जानकारीसहितको पत्र पठाईएको बताए । यहाँका नागरिकमा झापा र सुनसरीमा संक्रमण फेला परेको तर ताप्लेजुङमा अहिले सम्म कोरोना संक्रमण फेला नपरेको पोखरेलले बताए । यसैबीच कोरोना नियन्त्रण तथा व्यवस्थापन समितिको बिहीबारको बैठकले ताप्लेजुङमा पीसीआर परीक्षणको दाहेरा बढाउने निश्कर्ष निर्णय लिएको छ ।  

समिति संयोजक एवम् जिल्लाा समन्वय समितिका प्रमुख घनेन्द्र मादेनले एम्बुलेन्स चाकल,मालवाहक सवारीमा कार्यरत मजदुर,फुङ्लिङ नगरपालिकाको फोहोर व्यवस्थापनमा खटिएका कर्मचारी र क्वारेन्टिनमा व्यवस्थापनमा खटिएका जनशक्तिको पीसीआर परीक्षण गर्ने निर्णय भएको जानकारी दिए । यस्तै उनले भारतसहित तेस्रो मुलुकबाट आएका नागरिकलाई क्वारेन्टिनमा राखी पीसीआर परीक्षणपछि मात्र घर पठाउने तयारी भईरहेको जानकारी दिए ।  

 

प्रकाशित: ३० जेष्ठ २०७७ ०९:०० शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App