८ वैशाख २०८१ शनिबार

पोखराभित्रका गन्तव्यमा ताला, बाहिरका गन्तव्यमा पीसीआर रिपोर्ट अनिवार्य

अन्नपूर्ण फेरोको पदमार्गमा पर्ने मनाङले कोरोनाको पीसीआर परीक्षण गराएर नेगेटिभ रिपोर्ट लिएर आउनेलाई मात्र पदयात्रामा अनुमति दिन्छ ।

कर्णाली प्रवेश गर्न पीसीआर रिपोर्ट अनिवार्य

कर्णाली प्रदेश सरकारले प्रदेश भित्रिने नागरिकहरुको अनिवार्य पोलिमेरीज चेन रियाक्सन (पीसीआर) गर्ने तयारी थालेको छ। छिमेकका सुदूरपश्चिम र ५ नम्बर प्रदेशमा कोरोना संक्रमण बढ्दै जान थालेपछि प्रदेश भित्रिने नागरिकहरुको नाकामा अनिवार्य पीसीआर परीक्षण गर्ने तयारी सरकारले गरेको हो।

ताप्लेजुङका थप २० जनाको पीसीआर रिपोर्ट नेगेटिभ

ताप्लेजुङबाट पठाइएको २० जनाको स्वाब परीक्षण रिपोर्ट नेगेटिभ आएको छ । क्वारेन्टिन सुरक्षामा खटिएका ४ सुरक्षाकर्मीसहित २० जनाको स्वाब परीक्षणका लागि पठाइएकोमा सबैको रिपोर्ट नेगेटिभ आएको प्रमुख जिल्ला अधिकारी डोरेन्द्र निरौलाले जानकारी दिए ।

ताप्लेजुङमा भेटिएका पहिलो कोरोना संक्रमित निको भएर फर्किए

ताप्लेजुङमा भेटिएका पहिलो कोरोना संक्रमितले कोरानालाई जितेका छन् । मोरङको गोठगाउँस्थित कोभिड–१९ उपचार केन्द्रमा रहेका उनको दुई पटकको पीसीआर रिपोर्ट नेगेटिभ आएपछि उपचार केन्द्रबाट डिस्चार्ज गरिएको छ ।

ताप्लेजुङका ३५ जनाको पीसीआर रिपोर्ट नेगेटिभ

ताप्लेजुङबाट पठाइएको ३५ जनाको स्वाब परीक्षण रिपोर्ट नेगेटिभ आएको छ । संक्रमित २ जनासंगै सम्भावित सम्पर्कमा रहेका, क्वारेन्टिनमा बसेका र जिल्ला अस्पतालको फिबर क्लिनिकमा उपचारार्थ भर्ना भएका ३१ पुरुष र ४ महिलाको पीसीआर रिपोर्ट नेगेटिभ आएको कोरोना नियन्त्रण तथा व्यवस्थापन समितिले जनाएको छ ।

नेपाल एयरलाइन्सका सात पाइलटलाई कोरोना संक्रमण

नेपाल वायु सेवा निगम (नेपाल एयरलाइन्स कर्पाेरेसन) का सात पाइलटलाई कोरोना सङ्क्रमण पुष्टि भएको छ । चार्टर्ड उडानमा सहभागी चालक दलका सात सदस्यको पीसीआर रिपोर्ट पोजेटिभ देखिएको निगमले जनाएको छ।

रिपोर्ट नआउँदै घर पठाइएका १७ जना संक्रमित

बैतडीको शिवनाथका सोमबार कोरोना संक्रमण पुष्टि भएका २१ जनामध्ये १७ जना यसअघि नै घर गएको पाइएको छ । एक हप्ता अघि स्वाब संकलन गरी रिपोर्ट नआउँदै उनीहरुलाई घर पठाइएको हो । व

आरडिटी पोजेटिभ देखिएकी महिलाको पीसीआर रिपोर्ट नेगेटिभ

ताप्लेजुङमा देखिएको दोस्रो आरडिटी पोजेटिभ व्यक्तिको पीसीआर रिपोर्ट पनि नेगेटिभ आएको छ । पहिलो आरडिटी पोजेटिभ व्यक्तिको पीसीआर रिपोर्ट पनि नेगेटिभ नै आएको थियो । यो रिपोर्टसंगै ताप्लेजुङबाट ९० जनाको पीसीआर परीक्षण गरिएकोमा सबैको रिपोर्ट नेगेटिभ आएको छ ।

आरडिटी पोजेटिभ आएका ताप्लेजुङका एक व्यक्तिको पीसीआर रिपोर्ट नेगेटिभ

आरडिटी परीक्षण रिपोर्ट पोजेटिभ आएका ताप्लेजुङको मैवाखोला गाउँपालिकाका एक व्यक्तिको पीसीआर परीक्षण रिर्पोट भने नेगेटिभ आएको छ ।

संक्रमितको सम्पर्कमा आएका ४६ जनाको रिपोर्ट नेगेटिभ

कोरोना संक्रमित युवकको प्रत्यक्ष सम्पर्कमा आएका ४६ जनाको पीसीआर रिपोर्ट नेगेटिभ आएको छ । शनिबार पठाइएको ४६ जनाको थ्रोट स्वाबको नमूना सेती प्रादेशिक अस्पताल धनगढीमा परीक्षण गर्दा नेगेटिभ आएको स्वास्थ्य कार्यालय बैतडीका प्रमुख योगेशप्रसाद भट्टले बताए ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्