नेकपा (एमाले)ले अध्यक्ष केपी शर्मा ओलीको पक्राउप्रति विरोध जनाउँदै सडक आन्दोलन सुरु गरेको छ । शनिबार बिहानदेखि काठमाडौंको चाबहिल क्षेत्रबाट पार्टीका कार्यकर्ता र समर्थकहरू प्रदर्शनमा उत्रिएका हुन् ।
प्रहरीका अनुसार बिहान करिब साढे ९ बजेदेखि सुरु भएको प्रदर्शनमा एक सयभन्दा बढी व्यक्तिको सहभागिता रहेको छ । उनीहरूले पक्राउको विरोध गर्दै नाराबाजी गरेका छन् ।
यसअघि शनिबार बिहानै भक्तपुरको गुन्डुस्थित निवासबाट ओलीलाई प्रहरीले नियन्त्रणमा लिएको थियो । सो घटनापछि एमालेले तुरुन्तै विरोध कार्यक्रम अघि बढाएको हो ।
यता, ओली पक्राउबारे आधिकारिक धारणा तय गर्न पार्टीको सचिवालय बैठक ललितपुरको च्यासलस्थित केन्द्रीय कार्यालयमा जारी रहेको छ । बैठकले आगामी आन्दोलनका कार्यक्रमबारे निर्णय गर्ने अपेक्षा गरिएको छ ।
प्रकाशित: १४ चैत्र २०८२ १०:१५ शनिबार





