१४ चैत्र २०८२ शनिबार
image/svg+xml
राजनीति

संयम र विचारपूर्वक कदम चाल्न सरकारलाई संविधानविद् अधिकारीको सुझाव

पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखक पक्राउपछि विकसित राजनीतिक परिस्थितिबारे संविधानविद् डा.विपिन अधिकारीले संयम र विचारपूर्वक कदम चाल्न सरकारलाई सुझाव दिएका छन् ।

सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिँदै उनले अहिलेको अवस्थामा हतारमा गरिने निर्णयभन्दा अध्ययन र विवेकपूर्ण प्रक्रियालाई प्राथमिकता दिनुपर्ने बताएका छन् । “सावधानीको नोट” शीर्षकमा उनले लेखेका छन्, 'तत्कालीन प्रतिक्रियाले दीर्घकालीन असर पार्न सक्छ।' 

डा.अधिकारीले कानुनी तथा संवैधानिक प्रक्रिया स्पष्ट नभई अघि बढ्दा जटिलता बढ्न सक्ने भन्दै कार्की आयोगको प्रतिवेदनलाई द्रुत समाधानको बाटोका रूपमा नहेर्न आग्रह गरेका छन् । उनका अनुसार यस्तो प्रतिवेदनले विस्तृत अध्ययन र सावधानीपूर्वक कार्यान्वयनको आवश्यकता औँल्याउँछ ।

उनले अन्त्यमा आजको स्पष्ट निर्णयले भोलिको विश्वास निर्माण गर्ने भएकाले सरकारलाई सोचविचार गरेर मात्र अघि बढ्न सुझाव दिएका छन् ।

प्रकाशित: १४ चैत्र २०८२ ११:०६ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App