विराट ट्रेड एक्स्पो सम्पन्न भएको छ । एक्स्पोमा ५० करोड रुपैयाँ बढीको कारोबार भएको एक्स्पो आयोजक मोरङ उद्योग व्यापार संघले जनाएको छ ।
मोरङ उद्योग व्यापार संघका अध्यक्ष अनुपम राठीका अनुसार जेन्जी विद्रोह पछि सुस्ताएको आर्थिक क्षेत्रलाई थोरै भए पनि उर्जा थप्न एक्स्पो सफल भएको दाबी गरे ।
एक्स्पोमा घरेलु तथा साना उद्योगले उत्पादन गरेका बस्तुहरू र कृषिजन्य उद्योगका उत्पादनहरूप्रति उपभोक्ताको विशेष आकर्षण रहेको थियो ।
विराट एक्स्पो अवधिभर सञ्चालन भएका विभिन्न विषयमा विषय विज्ञ तथा सफल उद्योगीहरूसँगको थेमेटिक सेसन पनि एक्स्पोको आकर्षणका रुपमा थियो । नयाँ उद्यम थाल्न चाहने र उद्योग तथा व्यवसाय बिस्तार गर्न चाहनेहरूका लागि थेमेटिक सेसन प्रभावकारी देखिएको थियो ।
प्रकाशित: १९ पुस २०८२ २०:२८ शनिबार



-600x400.jpg)
