विभाजनको पर्खालमाथि टेकेर उभिनुपर्छ: मेयर साम्पाङ
एकीकरण मार्गमा पदयात्रा पछि साँगुरी गढीमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै मेयर साम्पाङले यस्तो आहवन गरेका हुन्। उनले राष्ट्रिय एकता दिवसको महत्त्व धेरै भएको भन्दै नेपालको उन्नति, प्रगति, सुख, खुसी प्राप्तिको एउटै मात्र सूत्र एकता भएको बताए।

