१९ माघ २०८२ सोमबार
image/svg+xml
राजनीति

पृथ्वी जयन्तीको अवसरमा आज सार्वजनिक बिदा

पृथ्वी जयन्तीको अवसरमा आज पुस २७ गते सार्वजनिक बिदा भएको छ।

 सोमबार बसेको मन्त्रिपरिषद् बैठकले पृथ्वी जयन्तीको अवसरमा  पुस २७ गते सार्वजनिक बिदा दिने निर्णय गरेको हो।  

यस अघि पुष्पकमल दाहाल नेतृत्वको सरकारलाई समर्थन गरेको सत्ता साझेदार दल राप्रपाले पुस २७ मा सार्वजनिक बिदा दिनुपर्ने माग राख्दैआएको थियो।  

सरकारले राष्ट्र निर्माता पृथ्वीनारायण शाहको जन्म दिन पुस २७ गते सार्वजनिक बिदा दिने निर्णय गरेकोमा राष्ट्रिय प्रजातन्त्र पार्टीले त्यसको स्वागत गरेको छ।  

प्रकाशित: २७ पुस २०७९ ०२:०९ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App