२ फाल्गुन २०८२ शनिबार
image/svg+xml
राजनीति

दुर्गा प्रसाईंका कार्यकर्ता र प्रहरीबीच घम्साघम्सी, तीन जना पक्राउ

चितवनमा प्रदर्शनका क्रममा दुर्गा प्रसाईं नेतृत्वको समूह र प्रहरीबीच लफडा भएको छ।

भरतपुरको साझा बसपार्कबाट र्‍याली निकालेर चौबीसकोठीसम्म पुगेर फर्किने मौखिक अनुमति प्रहरी प्रशासनबाट लिएर समूह चौबीसकोठी पुगेको थियो। तर, फर्किने क्रममा बाटोमै सभा गर्न खोजेपछि प्रहरीले रोक्न खोज्दा दुर्गा प्रसाईं समूह र प्रहरीबीच लछारपछार भएको बताइएको छ।

चितवन प्रहरीका प्रवक्ता डिएसपी रविन्द्र खनालका अनुसार प्रसाईं समूहलाई चौबीसकोठीसम्म र्‍याली गर्न मात्र अनुमति दिइएको थियो। तर, बाटो नै बन्द गरी सभा गर्न खोजेपछि प्रहरीले रोक्ने क्रममा विवाद चर्किएको हो।

त्यसैगरी, चितवन प्रहरी प्रमुख गोविन्द पुरीका अनुसार करिब ५–७ सय जनाको समूहले सडक अवरुद्ध गरेपछि प्रहरीले स्थिति नियन्त्रणमा लिन तितरबितर पार्नु परेको हो। घटनामा तीन जनालाई नियन्त्रणमा लिइएको उनले जानकारी दिए।

प्रकाशित: १९ माघ २०८२ १६:१३ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App