७ वैशाख २०८१ शुक्रबार
राजनीति

मधेस प्रदेशको मुख्यमन्त्रीका लागि जसपाका सरोज यादव दाबी पेश गर्दै

 मधेस प्रदेशको मुख्यमन्त्रीका लागि जनता समाजवादी पार्टी  जसपाका सरोज कुमार यादवले आज प्रदेश प्रमुख हरिशंकर मिश्र समक्ष दाबी पेस गरिने भएको छ ।

संघीय सरकारका सत्ता साझेदार दलहरूबिच भएको सहमति अनुसार यादवले मुख्यमन्त्रीका लागि दाबी पेस गर्न लागेको हो । बिहान् ११ बजे प्रदेश प्रमुख समक्ष मुख्यमन्त्रीको दाबी पेश गर्न लागिएको मधेस प्रदेश जनमत पार्टीका संसदीय दलका नेता महेशप्रसाद यादवले जानकारी दिए ।

केन्द्रमा सत्ता साझेदार दलका शीर्ष नेताबिच भएको सहमति अनुसार मधेस प्रदेशमा जनमत पार्टी र जनता समाजवादी पार्टी  जसपा ले आलोपालो गरेर सरकारको नेतृत्व गर्नेछ ।

जसपाको १६ सांसदसहित नेकपा माओवादीको २३, जनमत पार्टीको १३, माओवादी केन्द्रको ८, राष्ट्रिय प्रजातन्त्र पार्टी र नागरिकउन्मुक्ति पार्टीका १ र १ गरी कुल ६२ जना सांसदको समर्थनमा  जसपा संसदीय दलको नेता यादवले मुख्यमन्त्रीको दाबी पेश गर्ने भएको छ ।

मधेस प्रदेश प्रमुख हरिशंकर मिश्रले प्रदेशको मुख्यमन्त्री नियुक्त गर्न पुस २८ गते बिहीबार दिउँसो ४ बजेभित्र दाबी पेस गर्न आह्वान गरेका थिए ।  

मुख्यमन्त्री नियुक्ति गर्नका लागि नेपालको संविधानको धारा १६८ को उपधारा ९१० बमोजिम कुनै पनि दलको स्पष्ट बहुमत प्राप्त नगरेको हुँदा मुख्यमन्त्री नियुक्त गर्न आह्वान गरेको थियो।

बारा १ को ख बाट प्रदेशसभामा निर्वाचित यादव प्रदेशका निवर्तमान सभामुख हुन् । यादव ०७४ सालको निर्वाचनमा पनि राजपाको टिकटबाट त्यही क्षेत्रबाट निर्वाचित भएका थिए ।

चुनावपछि महन्त ठाकुर नेतृत्वको तत्कालीन राष्ट्रिय जनता पार्टी र उपेन्द्र यादव नेतृत्वको संघीय समाजवादी फोरम नेपाल मिली जनता समाजवादी पार्टी गठन भएको थियो । तर जसपा विभाजन हुँदा अधिकांश राजपाबाट आएकाहरु लोसपामा गएपनि सरोज यादव जसपामै बसे । 

प्रकाशित: २७ पुस २०७९ ०५:१० बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App