कोशी प्रदेश सभाको हिउँदे अधिवेशन आजदेखि सुरु भएको छ। आज दिउँसो २ बजेलाई अधिवेशन आह्वान गरिएको भए पनि बैठक भने ३ बजेपछि मात्रै सुरु भएको हो।
कोशी प्रदेशसभा सचिवालयमा जेनजी आन्दोलनका क्रममा आगजनी भएपछि पाँच महिनापछि प्रदेशसभा बैठक बस्न लागेको हो। प्रदेश सभाको भवन जलेर पूर्ण रूपमा क्षति पुगेपछि बैठक विराटनगर महानगरपालिकाको स्वामित्वमा रहेको वीरेन्द्र सभागृहमा सञ्चालन गरिएको हो।
प्रदेशसभा सचिवालय भने मोरङको कटहरीस्थित तरकारी तथा फलफूल थोक बजारमा राखिएको छ।
प्रकाशित: २५ माघ २०८२ १५:२६ आइतबार





