२४ फाल्गुन २०८२ आइतबार
image/svg+xml
खेल

इङ्ल्यान्डविरुद्ध अनुभवी सोमपाललाई विश्राम

आइसिसी टी ट्वान्टी विश्वकपको पहिलो खेलमा इङ्ल्यान्डविरुद्ध नेपालका अनुभवी बलर सोमपाल कामी नहुने भएका छन् ।  

मुम्बईको वाङखडे स्टेडियममा आइतबार भएको समूह ‘सी’ पहिलो खेलमा नेपालसँग इङ्ल्यान्डले टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गरेको छ । उक्त खेलमा नेपालका अनुभवी तीव्र गतिका बलर सोमपाल कामी बेन्चमै रहेका हुन् । मुख्य प्रशिक्षक स्टुआर्ट लले उनको स्थानको युवा बलर नन्दन यादवलाई समावेश गरेका छन् । उनले यसअघि दुई विश्वकप सन् २०१४ रु २०२४ का खेलेका थिए ।  

प्रशिक्षक लले दुई स्पिनर शेर मल्ल र सन्दीप लामिछानेलाई समावेश गरेका छन् ।  

नेपालबाट तीन पटक विश्वकप खेल्न लागेका एक मात्र खेलाडी सोमपाल कामी भने पहिलो रोजाइमा परेका छैनन्। उनी इंग्लयान्डसविरुद्धको खेलमा बेन्चमा रहेका छन्। उनले सन् २०१४ र २०२४ को विश्वकपमा सहभागिता जनाएका थिए।  

दुई पटकको विश्वकप विजेता इङ्ल्यान्डले फिल साल्ट, जस बटलर र ह्यारी ब्रुकजस्ता ब्याटर छन् । उत्कृष्ट अलराउन्डर साम करन पनि टोलीमा समावेश छन् ।  

इङ्ल्यान्ड श्रीलंकासँगको तीन खेलको शृंखला क्लिन स्विप गर्दै मुम्बई आएको हो । नेपालले भने एसोसिएट राष्ट्र युएई र क्यानडासँग खेलेको थियो । दुवै खेल नेपालले जितेको थियो ।

प्रकाशित: २५ माघ २०८२ १५:०९ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App