ओखलढुंगामा जारी मतगणनामा लामो समयदेखि पछि परेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार विश्वराज पोखरेलले अग्रता लिएका छन्।
पोखरेलले ११ हजार ४ सय मत प्राप्त गर्दै अग्रता कायम गरेका हुन्। उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका कुमार लुइँटेल ११ हजार १ सय ७९ मतसहित पछि परेका छन्।
उनीहरूबीच २ सय २१ मतको अन्तर देखिएको छ।
नेकपा एमालेकी अस्मिता थापाले ८ हजार ९ सय ६९ मत प्राप्त गरेकी छन्। नेकपाका अम्बिरबाबु गुरुङले ८ हजार ७ सय २४ मतसहित उनलाई पछ्याइरहेका छन्।
त्यस्तै, श्रम संस्कृति पार्टीका उद्धवकुमार राईले १ हजार ३ सय ५३ मत ल्याउँदा मंगोल नेसनल अर्गनाइजेसनका बजेन्द्र राई १ सय ६३ मतमा सीमित भएका छन्।
प्रकाशित: २४ फाल्गुन २०८२ ०२:३७ आइतबार





