इलाम क्षेत्र नम्बर-२ मा नेकपा (एमाले) का उम्मेदवार सुहाङ नेम्बाङ विजयी भएका छन्।
निर्वाचन अधिकृतको कार्यालयबाट औपचारिक घोषणा हुन बाँकी रहे पनि अन्तिम मतपरिणामअनुसार नेम्बाङले फराकिलो मतान्तरसहित जित सुनिश्चित गरेका हुन्।
अन्तिम मतपरिणामअनुसार नेम्बाङले २२ हजार ४ सय २६ मत प्राप्त गरेका छन्। उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका भेषराज आचार्यले १४ हजार ६ सय ४७ मत ल्याए। नेम्बाङ र आचार्यबीच ७ हजार ७ सय ७५ मतको अन्तर कायम भएको छ।
यस क्षेत्रमा श्रम संस्कृति पार्टीका सुदीप राईले १४ हजार ३ सय ८८ मत ल्याएर तेस्रो स्थान बनाएका छन्। उनी कांग्रेस उम्मेदवार आचार्यभन्दा थोरै मतले पछि परेका हुन्।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का गोकुल राई ७ हजार ७ सय ८२ मतमा सीमित भएका छन् भने नेकपाका ओम गुरुङले १ हजार १ सय ७२ मत प्राप्त गरेका छन्।
प्रकाशित: २४ फाल्गुन २०८२ ०२:२४ आइतबार





