२४ फाल्गुन २०८२ आइतबार
image/svg+xml
राजनीति

मोरङ–३ : बेलबारीको मत गन्दा कार्कीको अग्रता फराकिलो, शर्मा ११ हजार मतले पछि

मोरङ क्षेत्र नम्बर ३ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार गणेश कार्कीले फराकिलो अग्रता बनाएका छन्। बेलबारी नगरपालिकाको वडा नम्बर २ र १० को मतपरिणाम मिसिएपछि कार्कीले मतान्तर थप बढाएका हुन्।

पछिल्लो विवरणअनुसार घण्टी चुनाव चिह्नका कार्कीले ३२ हजार ३ सय २४ मत प्राप्त गरेका छन्। उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका डा. सुनिल शर्माले २० हजार ६ सय ३८ मत पाएका छन्। उनीहरूबीचको मतान्तर ११ हजार ६ सय ८६ पुगेको छ।

तेस्रो स्थानमा रहेका स्वतन्त्र उम्मेदवार (माटो चिह्न) अमिर मगरले १३ हजार ३ सय ८२ मत ल्याएका छन्। नेकपा एमालेका उम्मेदवार इरन राई भने ६ हजार ३ सय ७२ मतमा सीमित देखिएका छन्। यो परिणाम २४ गते बिहान १:५० बजेसम्मको हो।

प्रकाशित: २४ फाल्गुन २०८२ ०२:१४ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App