२४ फाल्गुन २०८२ आइतबार
image/svg+xml
राजनीति

बाजुरामा कांग्रेसका गिरीले लिए अग्रता, हेमराज तेस्रो

 प्रतिनिधिसभा सदस्य पदका लागि भएको निर्वाचनमा बाजुरमा नेपाली कांग्रेसका उम्मेदवार जनकराज गिरीले अग्रता लिएका छन्।

उनले हालसम्म २०१ मतले अग्रता लिएका हुन्। कांग्रेस उम्मेदवार गिरीले ११ हजार १८५ मत प्राप्त गरेका छन्।

उनका निकटतम प्रतिद्वन्द्वी नेकपा (एमाले) का लालबहादुर थापाले १० हजार ९८४ मत पाएका छन्।

जिल्लामा हालसम्म २९ हजार ८०१ मत गणना सम्पन्न भएको छ। यसअघि गौमुल गाउँपालिकाको मतगणना गर्दा एमालेका उम्मेदवार थापाले ९०१ मतले अग्रता लिएका थिए।

अहिले त्रिवेणी गाउँपालिकाको मतगणना भइरहेको मुख्य निर्वाचन अधिकृत सञ्जीव पोखरेलले जानकारी दिए।

उनका अनुसार हालसम्म नेपाली कम्युनिष्ट पार्टीका प्रकाश शाहले एक हजार ९९६, रास्वपाका हेमराज थापाले चार हजार २४२, राप्रपाका केशर शाहीले २०१, प्रलोपाका दिपक डिसीले ८७, नेपाली कम्युनिष्ट पार्टी (माओवादी) का भुपेन्द्र विकले १८६ र स्वतन्त्र उम्मेदवार उपेन्द्र शाहीले ६२ मत प्राप्त गरेका छन्।

बाजुरामा ८७ हजार ८६१ मतदातामध्ये ४५ हजार ३९० मत खसेको थियो। एक मात्र निर्वाचन क्षेत्र रहेको जिल्लामा सात राजनीतिक दल र एक स्वतन्त्र गरी आठ उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन्।

प्रकाशित: २४ फाल्गुन २०८२ ०२:०१ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App