६ वैशाख २०८१ बिहीबार
राजनीति

मधेस प्रदेशको मुख्यमन्त्रीमा जसपाका सरोज यादव नियुक्त

मधेस प्रदेशको मुख्यमन्त्रीमा जनता समाजवादी पार्टी (जसपा)का सरोज यादव नियुक्त भएका छन्।

मधेस प्रदेशको मुख्यमन्त्रीका लागि जनता समाजवादी पार्टी  जसपाका सरोज कुमार यादवलाई आज प्रदेश प्रमुख हरिशंकर मिश्रले मुख्यमन्त्रीमा नियुक्त गरेका हुन् ।

आज ६३ प्रदेशसभा सदस्यको हस्ताक्षरसहित यादवले प्रदेश प्रमुख समक्ष दावी पेश गरेपछि प्रदेश प्रमुखले उनलाई मुख्यमन्त्रीमा नियुक्त गरेका हुन्।

जसपाको १६ सांसदसहित नेकपा माओवादीको २३, जनमत पार्टीको १३, माओवादी केन्द्रको ७, राष्ट्रिय प्रजातन्त्र पार्टी १, नेपाल संघीय समाजवादी १ र स्वतन्त्र दुई सांसद गरी कुल ६३ जना सांसदको समर्थन रहेको छ। उनलाई नेपाली कांग्रेस, नेकपा एकीकृत समाजवादी र लोकतान्त्रिक समाजवादी पार्टी लोसपाबाहेकका सबै दलले समर्थन गरेका छन् ।बारा १ को ख बाट प्रदेशसभामा निर्वाचित यादव प्रदेशका निवर्तमान सभामुख हुन्।

केन्द्रमा सत्ता साझेदार दलका शीर्ष नेताबिच भएको सहमति अनुसार मधेस प्रदेशमा जनमत पार्टी र जनता समाजवादी पार्टी  जसपाले आलोपालो गरेर सरकारको नेतृत्व गर्नेछ। प्रदेशसभामा १०७ सदस्य रहेको छ बहुमतको ५४ सांसद आवश्यक रहेकोमा यादवले ६३ सांसदको समर्थनमा दावी पेश गरेका थिए । माओवादीका दुई समानुपातिक सांसदको सर्वोच्चले सपथ ग्रहणमा रोक लगाइएको छ।

मधेस प्रदेश प्रमुख हरिशंकर मिश्रले प्रदेशको मुख्यमन्त्री नियुक्त गर्न पुस २८ गते बिहीबार दिउँसो ४ बजेभित्र दावी पेस गर्न आह्वान गरेका थिए। मुख्यमन्त्री नियुक्ति गर्नका लागि नेपालको संविधानको धारा १६८ को उपधारा १ बमोजिम कुनै पनि दलको स्पष्ट बहुमत प्राप्त नगरेको हुँदा मुख्यमन्त्री नियुक्त गर्न आह्वान गरेको थियो।

प्रकाशित: २७ पुस २०७९ ०७:०५ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App