कर्णाली प्रदेशको मुख्यमन्त्रीमा नेकपा माओवादी केन्द्रका नेता राजकुमार शर्माले आज दाबी गर्ने भएका छन्।नेकपा माओवादी केन्द्रका कर्णाली प्रदेशको संसदीय दलका नेता राजकुमार शर्माले आज नेकपा एमाले, नेकपा माओवादी केन्द्र र राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसदको समर्थनमा मुख्यमन्त्रीमा दाबी पेस गर्न लागेका हुन्।
कर्णाली प्रदेशसभामा मुख्यमन्त्रीका लागि दाबी पेस गर्ने समय आज साँझ ५ बजेसम्म लागि तोकिएको छ।
प्रकाशित: २७ पुस २०७९ ०६:०५ बुधबार




