८ वैशाख २०८१ शनिबार
राजनीति

सुदूरपश्चिममा सभामुखका लागि माओवादी केन्द्रका भण्डारीको र काँग्रेसका रावलको मनोनयन दर्ता

सुदूरपश्चिम प्रदेश शभाको सभामुखका लागि सत्तारुढ गठबन्धनका तर्फबाट नेकपा माओवादी केन्द्रका प्रदेश शभा सदस्य भिम भण्डारीले मनोनयन दर्ता गरेका छन्।  नेकपा एमालेको मुख्यमन्त्री हुने भएपछी माओवादी केन्द्रलाई सभामुख दिने सहमती गरिएको सत्तारुढ दलका नेताले बताएका छन्।  

नेपाली काँग्रेसबाट प्रदेश सभा सदस्य मान बहादुर रावलले सभामुखका लागि मनोनयन दर्ता गरेका छन्। प्रदेशसभा सचिवालयले सभामुख मनोनयनका लागि आज दिउँसो २ः३० बजेभित्र मनोनयन दर्ता गर्नुपर्ने समय तालिका बनाएको थियो। शभामुखको निर्वाचन बिहिवार हुने तय गरिएको छ। 

प्रकाशित: २७ पुस २०७९ ०९:३३ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App