प्रचण्ड-नेपाल समूहको आम हड्तालः बन्द गराउँदै निस्किए नेता कार्यकर्ता (फोटो फिचर)
प्रचण्ड-नेपाल समूहद्वारा घोषणा गरिएको आम हड्ताल सफल बनाउन उक्त समूहका नेता कार्यकर्ता सडकमा निस्किएका छन्।
प्रचण्ड-नेपाल समूहद्वारा घोषणा गरिएको आम हड्ताल सफल बनाउन उक्त समूहका नेता कार्यकर्ता सडकमा निस्किएका छन्।
नेकपा ओली समूहले काठमाडौंमा मोटरसाइकल र्याली निकालेको छ। शुक्रबार राजधानीमा समूहले आयोजना गरेको सभाको प्रचार प्रसारका लागि र्याली निकालेको हो। बालकुमारी पुलबाट मोटरसाइकल र्याली शुरु भएको थियो। सातदोबाटो, लगनखेल, जावलाखेल, त्रिपुरेश्वर, नारायणहिटी, गौशाला हुँदै तीनकुनेमा पुगेर र्याली टुंगिएको थियो।
प्रतिनिधिसभा विघटनको विरोधमा वृहत नागरिक आन्दोलनले मंगलबार काठमाडौंको शोभा भगवतीमा प्रदर्शन गरेको छ। उनीहरुले सहिद दशरथ चन्द र गंगालाल श्रेष्ठले सहादत प्राप्त गरेको स्थानमा विरोध कार्यक्रम गरेका हुन् ।
प्रतिनिधिसभा विघटनको विरोधमा वृहत नागरिक आन्दोलनले आइतबार काठमाडौंको सिफलमा प्रदर्शन गरेको छ। प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्या भण्डारीले प्रतिनिधिसभा भंग गरेपछि वृहत नागरिक आन्दोलनले निरन्तर प्रदर्शन गर्दै आइरहेको छ।
नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड–माधव समूहका अध्यक्षद्वय पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपाल माइतीघरको धर्नामा सहभागी भएका छन्।
नागरिक आन्दोलनका अगुवाहरुले संसद विघटनविरुद्ध काठमाडौंमा प्रदर्शन गरेका छन् । प्रधानमन्त्री केपी ओलीको कदमलाई प्रतिगामी र गैरसंवैधानिक भन्दै शनिबार पनि माइतीघरमा अहिंसात्मक प्रदर्शन गरेको हो ।
हरेक वर्षको पौष शुक्ल पूर्णिमाका दिन सुरु हुने हिन्दू धर्मावलम्बीको श्रीस्वस्थानी व्रतकथा तथा माधवनारायणको पूजा आराधना आजदेखि सुरु भएको छ।
सरकारले आज कोरोना भाइरसविरुद्धको ‘कोभिशिल्ड’ खोप अभियान शुभारम्भ गरेको छ। आज बिहान १० बजे प्रधानमन्त्री केपी शर्मा ओलीले प्रधानमन्त्री निवास बालुवाटारबाट भर्चुअल विधिबाट खोपको शुभारम्भ गरेका हुन्।
शुक्रबार प्रतिनिधि सभा विघटनविरूद्ध नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड–नेपाल समूहले काठमाडौंमा प्रदर्शन गरेको छ । काठमाडौंको विभिन्न १० स्थानबाट निस्किएको र्यालीलाई केन्द्रीय स्तरका नेताहरुले नेतृत्व गरेका हुन् ।
काठमाडौँस्थित कमल पोखरीको पुनर्निर्माणका क्रममा कंक्रिटको प्रयोग गरिएको भन्दै विरोध प्रदर्शन गरेका छन्।
माघे सङ्क्रान्तिको अवसरमा हरेक वर्ष जस्तै नुवाकोटको तारुकामा गोरु जुधाइ मेला भएको छ। माघे संक्रान्तिमा जिल्लाका चार स्थानमा ३१ हल गोरु जुधाइएको थियो। तारुका गोरु जुधाउने चर्चित स्थानका रुपमा रहेको छ। यहाँ १७ हल गोरु जुधाइएको आयोजकले जनाएका छन्।
माघे सङ्क्रान्तिको अवसरमा रुरुधामको धार्मीक मेलामा भक्तजनहरुको न्यून उपस्थिती देखिएको छ। कोरोना महामारीका कारण कुनै पनि औपचारिक कार्यक्रम नहुँदा गत वर्षको तुलनामा न्यून संख्यामा भक्तजनहरुको उपस्थिती रिडी मेलामा देखिएको हो।
राष्ट्रिय योग दिवस मूल समारोह समितिको आयोजनामा आज दिवस मनाइएको छ।
राष्ट्र निर्माता पृथ्वीनारायण शाहको २९९ औं जन्म जयन्ती पोखरामा भव्य रुपमा मनाइएको छ ।
संसद विघटनको विरोधमा धनगढीमा वयलगडा जुलुस गरिएको छ। धनगढीको क्याम्पस चोकबाट अहिले बयलगाडा र्याली सुरु गरिएको हो। प्रचण्ड-माधव समूहले गाउँ गाउँबाट बयलगाडा लिएर धनगढीमा वयलगाडा जुलुस गरेका हुन्। बयलगाडा र्याली क्याम्पस रोडबाट सुरु भएको छ। र्याली बजार परिक्रमा पश्चात् पार्कमोडमा समापन हुने अनेरास्ववियू कैलाली सहसंयोजक समीर जोशीले बताए।
'शैलुङ्ग' तामाङ्ग भाषामा नामाकरण गरिएको उक्त नाम 'सै' को अर्थ सय र 'लुङ्ग'का अर्थ थुम्का हो । अर्थात् थुम्कै थुम्काहरूको स्थान हो शैलुङ्ग । काठमाडौँबाट करिब १२० कि.मि. उत्तरपूर्वमा पदर्छ यो अति नै सुन्दर पर्यटकीय तथा धार्मिक स्थल शैलुङ्ग । समुन्द्री सतहबाट ३४०० मिटर अग्लो स्थानमा दोलखा जिल्लको दक्षिण पश्चिममा अवस्थित रहेको छ । महाभारत पर्वत शृङ्खलाको सबैभन्दा अग्लो टाकुरा हो शैलुङ्ग ।
अमेरिकामा राष्ट्रपति डोनाल्ड ट्रम्पका समर्थकले संसद भवनमा प्रवेश गरी तोडफोड र आक्रमण गरेका छन्। वासिङ्टनको क्यापिटल भवनमा अमेरिकी कांग्रेसले इलेक्टोरल कलेजको बारेमा बहस भइरहेका बेला ट्रम्पका समर्थकहरुले सांसदभित्र दंगा मच्चाएका थिए।
बुधबार बिहानदेखि पोखरा र आसपासका क्षेत्र खुलेको छ । बिहानैदेखि यहाँ घाम लागेकोले न्यानो महसुस भएको छ ।
हिमाली जिल्ला मनाङ र मुस्ताङको माथिल्लो भेगमा बाक्लो हिमपात भएको त्यहाँका बासिन्दाले बताएका छन् ।
कर्णाली हिउँले ढाकिएको छ। कर्णालीको जुम्ला, मुगु, डोल्पा, हुम्ला हिउँले ढाकिएका हुन्। कालिकोटका लेकाली क्षेत्रमा समेत हिउँ परेको हो। कर्णालीमा दोस्रो पटक हिउँ परेको हो।
चिसो बढेसँगै हुम्लामा भारी हिमपात भएको छ। आइतबार अपराह्नबाट परेको हिउँले जनजीवन कष्टकर बनाएको छ।
नयाँवर्ष अवसर पारेर पोखरा क्षेत्रमा आन्तरिक पर्यटकको चहलपहल देखिन्छ ।
हिन्दु राष्ट्र र राजसंस्था पुनःस्थापनाको माग राख्दै राष्ट्रिय प्रजातन्त्र (राप्रपा)ले काठमाडौंमा प्रदर्शन गरेको छ।
अंग्रेजी नयाँ वर्ष २०२१ लाई स्वागत गरिरहेका बेला धरानको पर्यटकीक्षेत्र बगरकोटको सडकलाई पनि अम्ब्रेला स्ट्रिट बनाइएको छ। धरान १५ स्थित बगरकोट प्रमुख पर्यटकीय गन्तव्यमा पर्छ। लकडाउनले लामो समय थला परेको बगरकोटलाई अंग्रेजी नयाँ वर्षको स्वागतको लागि बिशेषरुपमा सजाइएको हो।